कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

धोनीद्वारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा

बीबीसी

भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट शृंखला बराबरी भएपछि ३३ वर्षीय धोनीले सन्यासको घोषणा गरेका हुन् ।

धोनीद्वारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा


धोनीले २००५ मा भारतीय टेष्ट टोलीमा डेब्यू गरेका हुन् । उनले भारतीय टोलीमा रहेर खेलेको ९० टेष्टमध्ये ६० खेल उनकै नेतृत्वमा भएको थियो ।

धोनीले एक दिवसीय र टी२० क्रिकेट वल्र्डकप तयारीको लागि सन्यास घोषणा गरेको बताइएको छ ।

भारतीय क्रिकेट बोर्डले विज्ञप्ती जारी गर्दै धोनीलाई महान टेष्ट क्याप्टेन भनेको छ ।

धोनीको नेतृत्वमा भारतले २००७ मा टी२० वल्र्डकप जितेको अर्को बर्ष उनी टेष्ट क्याप्टेन बनाइएका थिए । उनको नेतृत्वमा
भारतले खेलेको सुरुवाति १३ टेष्टमध्ये एक मात्र हार व्यहोरेको थियो ।

अष्ट्रेलियाविरुद्धको अन्तिम टेष्टमा भारतीय टोलीको नेतृत्व विराट कोहलीले लिनेछन् ।

उनलाई फोब्र्स म्यागेजिनले विश्वको ५ औं धनी खेलाडीको सूचीमा राखेको छ ।

प्रकाशित : पुस १५, २०७१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?