कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेस्टर–म्यानचेस्टर सिटी बराबरीमा

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमै
रोयटर्स

लेस्टर — लेस्टर सिटीले किङ पावर स्टेडियममा म्यानचेस्टर सिटीसँगै गोलरहित नतिजा निकाल्दै मंगलबार प्रिमियर लिगको शीर्षस्थानमा रहेको र्आसनलसँग अंक बराबरी गरेको छ । सबभन्दा बढी गोल गरेका दुई टिमको प्रतिस्पर्धा आकर्षक थियो । तर गोलकिपरहरु केस्पर स्किमिसेल र जोए हार्टले उस्तै आकर्षक खेल प्रदर्शन गरे ।

लेस्टर–म्यानचेस्टर सिटी बराबरीमा

लेस्टर सिटीले किङ पावर स्टेडियममा म्यानचेस्टर सिटीसँगै गोलरहित नतिजा निकाल्दै मंगलबार प्रिमियर लिगको शीर्षस्थानमा रहेको र्आसनलसँग अंक बराबरी गरेको छ ।

सबभन्दा बढी गोल गरेका दुई टिमको प्रतिस्पर्धा आकर्षक थियो । तर गोलकिपरहरु केस्पर स्किमिसेल र जोए हार्टले उस्तै आकर्षक खेल प्रदर्शन गरे ।

पहिलो हाफको अन्त्यमा लेस्टरले पाएको सबभन्दा राम्रो अवसरलाई जेमी भार्डीले उपयोग गर्न सकेनन् । मध्य सेप्टेम्बरयता विपक्षी मैदानमा खेल जित्न असफल सिटीका रहिम स्टिर्लिङ र निकोलस ओटामेन्डी पनि गोलनजिक पुगेका थिए ।

लेस्टरको प्रिमियर लिगमा अपराजित यात्रालाई ११ खेलमा पुगेर लिभरपुलले शनिबार पूर्णविराम लगाएको थियो । लेस्टर र आर्सनलको १९ खेलमा समान ३९ अंक छ । तर राम्रो गोल अन्तरको आधारमा आर्सनल शीर्षस्थानमा छ । तीन अंक अन्तरसहित तेस्रोमा छ, सिटी ।

‘यो नतिजा राम्रो भयो,’ लेस्टरका किपर केस्परले भने, ‘उनीहरुले केहि अवसर पाएका थिए र हामीले पनि । थोरै निरास पनि छौं । तर हामीले अंक पायौं । हामी राम्रो टिम हौं र यसलाई गएको सिजनको अन्त्यमा प्रमाणित गरेका थियौं । र, यसपल्ट पनि सही दिशामा छौं ।’ उनले थपे, ‘हामी बल्ल आधा बाटोमा मात्र आइपुगेका छौं । अझै लामो बाटो तय गर्न बाँकी नै छ ।’

प्रकाशित : पुस १५, २०७२ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?