कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

साफ च्याम्पियनसिप सेमिफाइनल आज

काठमाडौं — डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले साफ च्याम्पियनसिप २०१५ को सेमिफाइनलमा बिहीबार श्रीलंकासँग खेल्दैछ । भारतविरुद्ध माल्दिभ्सको अर्को सेमिफाइनल पनि बिहीबारै हुनेछ ।

अफगानिस्तानले एसियाली फुटबल महासंघ (एएफसी) को सदस्यता दक्षिणबाट मध्यक्षेत्रमा सारिसकेको छ । त्यसमा उसले अब एसियाली महारथी इरान, उज्वेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तानसँगै खेल्नेछ । त्यसैले अफगानिस्तानले अहिलेको साफलाई दक्षिण एसियाली फुटबलमा आफ्नो अन्तिम प्रतियोगिता भएको बताएको छ ।

दशरथ रंगशालामा दुई वर्षअघि भएको साफको फाइनलमा भारतलाई २–० ले हराएर अफगानिस्तानले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । अहिले त्रिवेन्द्रम (केरला) स्थित ग्रिनफिल्ड स्टेडियममा पनि उसले प्रभावशाली प्रदर्शन गरिरहेको छ ।

समूह ‘बी’ विजेता बन्ने क्रममा उसले बंगलादेशलाई ४–०, भुटानलाई ३–० र माल्दिभ्सलाई ४–१ ले हराएर शतप्रतिशत जित निकालेको थियो ।

प्रकाशित : पुस १६, २०७२ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?