इंग्ल्यान्डको सानदार जित

एएफपी

डर्बान (दक्षिण अफ्रिका) — मोइन अलीले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्टको अन्तिम दिन बुधबार किङ्समिडमा २ सय ४१ रनको जित हासिल गरेको छ ।

इंग्ल्यान्डको सानदार जित

अफस्पिनर अलीले सुरुआतमै तीन विकेट लिएका थिए । दक्षिण अफ्रिकाले पछिल्ला ३८ रनमा ६ विकेट गुमाएको थियो । उसले १३६–४ को स्थितिबाट दिनको खेल सुरु गरेको थियो । उसले दिनको तेस्रो बलमै मुख्य खेलाडी एबी डे भिल्लियर्सलाई गुमाएको थियो । उनी अलीको बलमा बच्ने प्रयास गर्दा एलबीडब्लू धरापमा परेका थिए ।

अर्को ओभरको तेस्रो बलमा अलीले तेम्बा बभुमालाई आउट गरे । बभुमाको क्याच जोनी बइस्र्तोभले लिएका थिए । चौथो दिनको अन्त्यमा स्टेभेन फिनले फाफ डु प्लेसिसलाई आउट गरेका थिए । त्यससहित दक्षिण अफ्रिकाले कुनै रन नजोडदै तीन विकेट गुमाएको थियो । थप दुई रन जोडेपछि फिनले नाइटवाचम्यान डेल स्टेनलाई बोल्ड गरेका थिए ।

डे भिल्लियर्सलाई जस्तै किली एबोटलाई एलबीडब्लूमा पार्दै अलीले तेस्रो विकेट लिएका थिए । लयलाई लिएर दक्षिण अफ्रिकाका लागि चिन्ताको विषय बनेका जेपी डुमिनीले नटआउट २६ रन जोडे । स्टुआर्ट ब्रोडले मोर्न मोर्केललाई एलबीडब्लू आउट गर्दै इंग्ल्यान्डलाई जित दिलाएका थिए ।

सिरिजअघि टेस्ट वरीयताको पाँचौं स्थानमा रहेको इंग्ल्यान्डका लागि यो महत्त्वपूर्ण जित हो । शीर्ष वरीयताका दक्षिण अफ्रिकाको कमजोर ब्याटिङ निरन्तर रह्यो । उसले भारतमा चार खेलको टेस्ट सिरिज ३–० ले गुमाएको थियो ।

 इंग्ल्यान्डले दक्षिण अफ्रिकाको तुलनामा राम्रो ब्याटिङ गर्‍यो । उसका अधिकांश ब्याट्सम्यानको योगदान उपयोगी रह्यो । ब्रोड, फिन र अलीको बलिङ पनि माथिल्लो कोटिको रह्यो । ब्रोडले दक्षिण अफ्रिकाको पहिलो इनिङ्सलाई संकटमा पारेका थिए ।

चौथो दिन फिनले लिएका तीन विकेट निर्णायक थिए । अलीको लामो स्पेललाई एकरूपता दिएर खेलमा १ सय १६ रन दिएर ७ विकेट लिए । फिनले ६ विकेट लिए भने ब्रोडले ५ विकेट हात पारे ।

दोस्रो टेस्ट शनिबार न्युल्यान्डमा सुरु हुनेछ । त्यसैले दक्षिण अफ्रिकालाई ब्याटिङ कमजोरीलाई सुधार गर्ने खास समय छैन । काँधको चोटका कारण डेल स्टेन नहुने भएकोले उसको बलिङ पनि कमजोर हुन सक्छ ।

प्रकाशित : पुस १६, २०७२ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?