१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विराट गोल्डकप : उडिसालाई हराउँदै झापा क्वाटरफाइनलमा

विनोद भण्डारी

विराटनगर — पाहुन टिम भारतको उडिसा स्टेट फुटल क्लबलाई २–१ गोलले हराउदै डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ बिहीबार चौथो विराट गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि झापाले जर्ज टेलिग्राफ कोलकाताको सामना गर्नेछ ।

झापाले १ गोलले पछि परेको स्थितिलाई उल्टाउदै बिहीबार जित दर्ता गरेको हो ।

खेलको ९ औ मिनेटमा उडिसाले अग्रता लिएपछि झापालाई खेलमा फर्कन दोस्रो हाफ कुर्नुपरेको थियो ।

झापाले ६१ र ७५ औं मिनेटमा गोल गऱ्यो ।

झापाको लागि पहिलो गोल कप्तान नरेन्द्रमणी लिम्बुले गरे । ७५ औं मिनेटमा कर्ण लिम्बुले गरेको गोल निर्णयक बन्यो ।

प्रकाशित : फाल्गुन ६, २०७२ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?