जहिले पदका लागि वादविवाद गर्‍यौं, क्रिकेट विकासका लागि कहिल्यै झगडा गरेनौं : पारस

विनाेद पाण्डे

काठमाडौं — नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खडालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए । उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट मैदानबाट प्रभावित थिए । भलै ३० यार्ड बाहिर बलौटे माटोमा क्रिकेटका इभेन्ट सम्पन्न भएका थिए । पारसले बैजनाथपुर क्रिकेट मैदान र नेपाली क्रिकेटको वर्तमान अवस्थालाई यसरी चित्रण गरे :

जहिले पदका लागि वादविवाद गर्‍यौं, क्रिकेट विकासका लागि कहिल्यै झगडा गरेनौं : पारस

नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो । पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि

समग्रमा हेर्दा मैदान राम्रो बनाउन सकिन्छ । पूर्वाधार छ, त्यसलाई विकसित गर्नुपर्छ । यो मैदानलाई यतिकै छाड्नु भएन् । लगानी गर्ने हो भने यो अझ राम्रो हुन्छ । एक महिनामै यति भएको छ भने यसलाई अझ राम्रो हामी किन बनाउन सक्दैनौं । नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैन । एक दमै इमान्दार भएर भन्नु पर्दा केन्यासँग खेल हुदैंछ भन्ने थाहा छ, अरु केही थाहा छैन । राष्ट्रिय टिमले मात्र खेलेर क्रिकेट कहा पुग्छ भनेर कहिल्यै तौलनु भएन । 

आशा गरौं नेपाली क्रिकेटको विवाद चाँडो भन्दा चाँडो सुल्झियोस । आइसीसीको प्रतिनिधिहरु आएर सबै सरोकारा बालाहरुसँग आएर बैठक गरिरहेका छन् । हामी भने आफ्नै बाद विवादमा अल्झिरहेका छौं अहिले पनि । सबैभन्दा दुख लाग्दो के हो भने हामी क्रिकेट विकासका लागि कहिल्यै पनि बाद विवाद र झगडा गरेनौं ।

आज जे भइरहेको छ, पदका लागि भइरहेको छ । नेपाल क्रिकेट विकास गर्छु भनेर यस्तो हानाथाप गरेको भए हाम्रो क्रिकेट धेरै माथि पुगिसकेको हुन्थ्यो । मलाई थाहा छैन को ठिक हो को बेठिक हो । तर आगामी दिनमा जति सक्दो नेपाली क्रिकेटलाई अगाडी बढाउन एउटा संस्थागत संघ चाहि चाहिन्छ । 

प्रकाशित : पुस १७, २०७३ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?