रूपन्देही उपाधि नजिक

कान्तिपुर संवाददाता

उदयपुर — रूपन्देही एघार मंगलबार गाईघाटमा जारी चौथो रमपम उदयपुर गोल्डकप फुटबलको फाइनल पुगेको छ । रूपन्देहीले बिहीबार हुने फाइनलमा मोरङसँगको भेट पक्का गरेको छ ।

रूपन्देही उपाधि नजिक

मंगलबार दोस्रो सेमिफाइनलमा रूपन्देहीले हिमालयन शेर्पा क्लबलाई ३–२ ले हराउँदै फाइनल तय गरेको हो । थारुहट रंगशालामा झापालाई पराजित गरी रूपन्देही सेमिफाइनल भिड्न पुगेको थियो ।
खेलको २० औं मिनेटमा रूपन्देहीका अमर डंगोलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा रूपन्देहीबाट दीपक राईले एक गोल थप्दै टिमलाई थप बलियो बनाए ।

अन्तिम समयमा हिमालयन शेर्पाले गोल फर्काएको थियो । ८३ औं मिनेटमा विश्वास श्रेष्ठले एक गोल फर्काए । तर ५ मिनेट थप समयको पहिलो मिनेटमै दीपक राईले व्यक्तिगत दोस्रो गोल गरेर रूपन्देहीलाई उपाधि नजिक पुर्‍याए । लगत्तै ९२ औं मिनेटमा हिमालयनका विदेशी खेलाडी एलेक्सले एक गोल गरे पनि रूपन्देहीको विजयलाई रोक्न सकेनन् ।

दुई गोल गरेका रुपन्देहीका दीपक राई म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार पुरस्कार पाए । बुधबार स्थानीय कर्मचारी र पत्रकारविरुद्ध आयोजक र राजनीतिक दलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन ४, २०७३ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?