डीपीएललाई रुस्लानको साथ

कान्तिपुर संवाददाता

काठमाडौं — सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले रुस्लान क्रिकेटको साथ पाएको छ । अर्को महिना धनगढीमा हुने प्रतियोगितामा रुस्लान सहप्रायोजकका रुपमा जोडिएको छ । रुस्लानले हालै रुस्लान कप क्रिकेटको दोस्रो संस्करण गरेको थियो ।

विभिन्न सहरका टोलीलाई फ्रेन्चाइज गरिएको डीपीएल चैत ५ देखि १९ सम्म धनगढीमा हुँदै छ । रुस्लान सहप्रायोजक भएवापतको रकम भने आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले खुलाएको छैन । डिसीएका अध्यक्ष सुवास शाही र रुस्लानका कानुनी विभाग प्रमुख गुरु अधिकारीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिताको अर्को सहप्रायोजक जगशक्ति टीएमटी बारले ७ लाख प्रदान गर्ने जनाइसकेको छ । सगरमाथा सिमेन्टले १५ लाख रुपैयाँमा मुख्य प्रायोजन गरिसकेको छ । डीपीएलमा विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, सीवाईसी अत्तरिया र टिम चौराहा धनगढीले प्रतिस्पर्धा गर्दै छन् । राष्ट्रियस्तरमा पहिलोपल्ट अक्सनमा खेलाडीको भाउ लगाइएको डीपीएल विजेताले १५ र उपविजेताले ७ लाख पाउने छन् । 

प्रकाशित : फाल्गुन ६, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रूपन्देहीलाई उदयपुर गोल्डकप

डिल्लीराम खतिवडा

उदयपुर — रूपन्देदी ११ ले सदरमुकाम गाईघाटमा बिहीबार मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै चौथो रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता जितेको छ ।

थारुहट रंगशालामा भएको फाइनलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बनेको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा निर्णय हुँदा रूपन्देदीबाट सुवास मगर, बुद्ध चेम्जोङ, उत्तम गुरुङ र दिलीप क्षत्रीले गोल गरेका थिए । दिलीपको पेनाल्टी प्रहार नै निर्णायक बन्न पुगेको थियो । कालु थापा गोल गर्न असफल भए ।

मोरङबाट नीरज बस्नेत, बुद्धिमान राई र विकास खवास मात्र गोल गर्न सफल भए । मोरङका विदुर रिजाल र अनेश मगरको प्रहार गोल हुन सकेन ।

विजेता रूपन्देदीले २ लाख र उपविजेता मोरङले १ लाख रुपैयाँ पुरस्कार थापेका थिए । म्यान अफ द म्याच रुपन्देहीका पिटर घोषित भए । सर्वोत्कृष्ट खेलाडी मोरङका नीरज बस्नेत घोषित भए । उत्कृष्ट गोलरक्षक रूपन्देदीका दिलीप क्षत्री र उदीयमान खेलाडी उदयपुरका रामु थापामगर घोषित भए ।

सर्वाधिक गोलकर्तामा हिमालयन शेर्पाका विश्वास श्रेष्ठ, रूपन्देदीका दिवस राई र संकटाका राजु पौडेल थिए । उनीहरूले समान २ गोल गरेका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT