२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट- अमरसिंह सेमीफाइनलमा

कान्तिपुर संवाददाता

पोखरा — अमरसिंह नमूना उच्चमावि शुक्रबार बेसलाइन एकेडेमीलाई १२ रनले पराजित गर्दै विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिगको सेमिफाइनल पुगेको छ । अमरसिंहले १२.३ ओभरमै समेटिँदा ५८ रनमात्र बनायो । सुशान्त गिरीले १९ रन जोडे । बेसलाइनका रोशन न्यौपाने र समिर सेनले ४–४ विकेट लिएपछि अमरसिंह सस्तैमा समेटियो ।

सुशान्त गिरीले ४ र विमल मरहठ्ठाले ३ विकेट लिएपछि जवाफमा बेसलाइन पनि ४५ रनमै खुम्चियो । सुशान्त म्यान अफ द म्याच भए ।

अर्को खेलमा सत्यवती उमावि दमौलीले स्याङ्जाको सगरमाथा उमाविलाई ३४ रनले हरायो । सत्यवतीले ९ विकेट गुमाई १ सय १८ रन बनायो । विपुल वाग्लेले एक छक्का र सात चौकासहित ४५ रन र सन्जोग थापाले एक चौका र एक छक्कासहित २९ रन बनाए । सगरमाथाका माधव भट्टराई र विशाल गैरेले समान ३ विकेट लिए । जवाफमा सगरमाथा १७.१ ओभरमा समेटिँदा खातामा ८४ रनमात्र थियो । दिपेश गौतमले २४ र माधव भट्टराईले २१ रन जोडे । लालबहादुर थापाले ५ विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा दुई दिनअघि परेको प्रोटेस्टका आधारमा कुमुदिनी होम्स सेमिफाइनल पुगेको छ । होम्सले स्याङजाको रोशनी बोर्डिङविरुद्ध उजुरी हालेको थियो । छानबिनमा रोशनीले नियमविपरीत खेलाडी समावेश गरेको पाइएको आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७३ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?