कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साई र होराइजन विजयी

एक्सपर्ट क्रिकेट लिग
कान्तिपुर संवाददाता

भैरहवा — यस क्षेत्रको एक्सपर्ट स्कुल क्रिकेट लिग शुक्रबार सुरु भएको छ । साई ग्लोबल एकेडमी भैरहवा र न्यू होराइजन बोर्डिङ बुटवल बिजयी भएका छन् । साईले ग्यालेक्सी स्कुल तिलोत्तमालाई १ सय १३ रन र होराइजनले लुम्बिनी बोर्डिङलाई १३ रनले हराए ।

 

टस जितेको साईले २५ ओभरमा ९ विकेट गुमाएर १ सय ७० रन बनायो । सोभेन्द्र पाल ३३, दिवस सेन्चुरी ३२ र सहाजाद आलम १५ रन बनाउन सफल भए । ग्यालेक्सीका रोशन अधिकारीले ३ र रोहित घिमिरेले १ विकेट लिए । प्रत्युत्तरमा ग्यालेक्सी ११.५ ओभरमा ५७ रनमै समेटियो । ग्यालेक्सीका घनश्याम थारुले २० रन बनाए । ग्लोबलका सोनु केवट, सोभेन्द्र पाल, विकास सिंह र आदित्य ज्ञवालीले २–२ विकेट लिए । सोभेन्द्र म्यान अफ द म्याच भए । 

न्यू होराइजनले १८.२ ओभरमा ७९ रन बनायो । विशाल बञ्जाडेको ३७ र विशाल खत्रीको १३ रन जोडे । लुम्बिनीका अमन विक र रिजन पछाईंले ३–३ विकेट लिए । लुम्बिनी स्कुल २२.३ ओभरमा ६६ रनमा समेटियो । होराइजनका गुन्जन न्यौपाने, प्रशान्त शर्मा, कुशल मल्ल र सन्दीप पाण्डेले २–२ विकेट लिए । विशाल बञ्जाडे म्यान अफ द म्याच भए ।

प्रकाशित : फाल्गुन ६, २०७३ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?