कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सडेन डेथमा पुलिसको भाग्य

प्रदीप मेन्याङ्बो

धरान — आयोजक धरान पहेँलो टिमलाई सडन डेथमा हराउँदै चारपल्टको पूर्व विजेता नेपाल पुलिस क्लब यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ ।

सडेन डेथमा पुलिसको भाग्य

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको छिनाफानो टाइब्रेकरमा भएको थियो । सुरुको ५–५ पेनाल्टीमा बराबर भएपछि सडन डेथको सहारामा लिइएको थियो ।
सडन डेथमा धरानका लागि विवेक राईको प्रहार असफल भएपछि पुलिस अगाडि बढेको हो । पुलिसले भारतको युनाइटेड सिक्किमसँग फागुन १० मा खेल्नेछ ।
टाइब्रेकरमा पुलिसका अजित भण्डारी, तेज तामाङ, बुद्ध लामा, ुमानु राई र अभिषेक रिजालले गोल गरे । धरानका दोर्जे तामाङ, विनोद राई, दिवस मास्के, जोसन राई र योगेश राईले गोल गरेका थिए ।

सडन डेथमा पुलिसका नीरकुमार राई, भोला सिलवाल, हेम तामाङ मानबहादुर परियार र विक्रम धिमालले गोल गरे । धरानबाट मनोज राई, बन्धन लिम्बू, तीर्थ बस्नेत, हेम लिम्बुले मात्र गोल गरे । विवेकको प्रहार खेर गयो ।

त्यसअघि निर्धारित ८० मिनेटको खेलमा कप्तान योगेश राईले १७ औं मिनेटमा गोल गर्दै धरानलाई अन्तिमसम्म अगाडि राखेका थिए। तर इन्जुरी समयमा पुलिसका विक्रम धिमालले गोल फर्काउँदै खेल बराबरी गरेका थिए ।

पुलिसका प्रशिक्षक कुमार कटुवालले जितेपछि सोचेजस्तो खेल प्रस्तुत गर्न नसकेको बताए । उनले भने, ‘खेल टफ भएको थियो । तर आयोजकले समय हुँदाहुँदै पनि ८० मिनेटमात्र खेलाएको देख्दा छक्क परें ।’ उनले आफ्ना खेलाडीहरूले स्तरीय खेल प्रदर्शन गर्न नसकेको बताए ।

धरानका प्रशिक्षक सुवास केसीले बुढासुब्बाको चारपटकको विजेता पुलिस टिमलाई धरानको नयाँ टिमले कडा टक्कर दिए पनि भाग्यले साथ नदिएको बताए । उनले भने, ‘हामीले अन्तिम ३० सेकेन्ड रोक्न नसक्नु दुर्भाग्य साबित भयो ।’

शनिबारको रुपन्देही ११ र काँकडभिट्टाबीच खेल हुनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७३ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?