तेस्रो लुम्बिनी पिस म्याराथन सेनाका होमलाललाई

कान्तिपुर संवाददाता

कपिलबस्तु — तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् । सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलबस्तु फर्केको दिन फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा पिस म्याराथन आयोजना गरिएको थियो ।

तेस्रो लुम्बिनी पिस म्याराथन सेनाका होमलाललाई

४२ दशमलव १९५ किलोमिटरको दुरी होमलालले २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गरे । बुद्धत्व प्राप्तिपछि कपिलबस्तु आउदा बुद्धले पिता सुद्धोधनलाई पहिलोपटक भेटेको कुदानबाट म्याराथन शुरु गरिएको थियो । कुदान, तिलौराकोट, दोहनीहुदै मायादेवी बगैंचामा पुगेर म्याराथन सकिएको थियो ।

सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की २ घण्टा २४ दशमलव २४ सेकेण्डको टाइमिङसहित दोस्रो भए । त्यस्तै नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो स्थानमा रेस सकाए । उनले २ घण्टा २४ दशमलव ४१ सेकेण्डमा दौड पूरा गरे । विजेता होमलालले १ लाख नगद हात पारे । दोस्रो हुनेले ७५ र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरे ।

‘म पहिले अल्टा रनर थिएँ । म्याराथनको टे«निङ गरेको २ वर्षअघिबाट हो । बुद्ध जन्मस्थलमा आएर उपाधि जित्दा खुशी लागेको छ,’ होमलालले भने । उनले जितसँगै मुलुकमा दिगो शान्ति स्थापनाका लागि बुद्धसँग प्रार्थना गरेको सुनाए ।

बुद्धिष्ट सर्किट्स डट कम र एडभेन्चर स्पोर्टस् टुरिजम सोसाइटीले संयुक्त रुपमा आयोजना गरेको पर्यटन मुलक प्रतियोगितामा हाफ म्याराथनको उपाधि टंक पुनले जिते । उनले १ घण्टा ९ दशमलव ४९ सेकेण्डमा दौड पूरा गरे । दोस्रो भएका नेपाल आर्मीका रामजी बस्नेतले १ घण्टा १० दशमलव २८ सेकेण्डको टाइमिङ निकाले । त्यस्ते आर्मीकै टीकाराज कट्वालले दौड १ घण्टा १० दशमलव ३१ सेकेण्डमा पूरा गर्दै आपूmलाई तेस्रो स्थानमा उभ्याए ।
हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता रहेको इभेन्ट म्यानेजर रिकी योञ्जनले जानकारी दिए । २–२ जना चिनीया“ र बेलायती धावकका साथै स्पेन, इटाली र जमैकाका १–१ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

शान्तिका दूत बुद्धको जन्मस्थलमा आयोजना गरिएको पिस म्याराथनले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै खेल पर्यटनको सम्भावनाको नया“ आयाम थपेको एड्भेन्चर स्पोर्ट्स नेपालका निर्देशक शिखर पाण्डेले बताए । ‘बुद्ध जन्मस्थलमा आयोजना गरिएको म्याराथन भएकाले यसले विशिष्ट किसिमको महत्व बोकेको छ । हामी यसलाई बृहत बनाउने योजना गर्दैछौं,' उनले थपे, ‘बुद्धको जन्मस्थल नेपाललाई चिनाउनका लागि पिस म्याराथन एउटा महत्वपूर्ण इभेन्ट बन्छ भन्ने हाम्रो विश्वास छ ।’

बुद्धको पाइला पछ्याउँदै नारा दिइएको प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिइने प्रतियोगिताका परिकल्पनाकार बिक्रम पा“डेले बताए । ‘बुद्धको दरबारदेखि जन्मस्थलसम्मको क्षेत्रभित्र अवस्थित क्रकुचन्दमुनी बुद्ध र कनकमुनी बुद्धको मातृभूमि समेटी आयोजना गरिएको दौड विश्वमै पहिलो हो,' पौडेले भने, ‘यस्ता खाले आध्यात्मिक खेल दौडलाई निरन्तरता दिंदै धार्मिक पर्यटनमा टेवा पुर्‍याउने हाम्रो चाहना छ ।’

सन् २०१२ बाट शुरु गरिएको प्रतियोगितामा ओलम्पिक स्टाण्डर्डको ४२ दशमलव १९५ किलोमिटरको दौड गरिएको पहिलो हो । सन् २०१३ मा आयोजित पिस म्याराथनमा दोहनीदेखि लुम्बिनी बगैंचासम्मको दुरी तय गरिएको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७३ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?