कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको जवाफ

म्याक्सवेलको शतक थपिँदा अस्ट्रेलिया थप बलियो
एएफपी

राँची — अलराउन्डर ग्लेन म्याक्सवेलले आफ्ना कप्तान स्टिभ स्मिथको ठूलो प्रशंसा गरेका छन् । म्याक्सवेलले स्मिथसँग १ सय ९१ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले शुक्रबार राँचीमा भारतविरुद्धको तेस्रो टेस्टमा राम्रो स्कोर बनाएको छ ।

भारतको जवाफ

झन्डै तीन वर्षपछि पहिलो टेस्ट खेलेका म्याक्सवेलले पाँच दिवसीयमा आफ्नो पहिलो शतक बनाएपछि अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ५१ रनको स्कोर बनाएको छ । स्मिथले १ सय ७८ रनको इनिङ्स खेलेका थिए । ओपनर लोकेश राहुललाई गुमाए पनि भारतले राम्रो जवाफ फर्काउँदा १ विकेट गुमाई १ सय २० रन बनाएको छ ।

भारत अझै ३ सय ३१ रनले पछाडि रहेको समयमा मुरली विजय ४२ र चेतेश्वर पुजारा १० रन बनाई क्रिजमा छन् । राहुल ६७ रन बनाई प्याट कुमिन्सको बलमा विकेट पछाडि क्याचआउट भए । १ सय २ बल खेलेका राहुलले ९ चौका प्रहार गर्दै विजयसँग पहिलो विकेटको साझेदारीमा ९१ रन जोडेका थिए ।

२९९–४ बाट दोस्रो दिन खेलको सुरु गरेको अस्ट्रेलिया स्मिथ र म्याक्सवेलको गतिलो साझेदारी गरेपछि शृंखलामा ठूलो स्कोर बनाउन सफल भयो । ‘हामी १४०–४ को स्थितिमा थियौं, भाग्य नै भन्नुपर्ला अर्को इन्डमा स्मिथ ब्याटिङ गर्दै थिए, जो यस्तो माहोलका लागि केही अनुभवी हुन्,’ म्याक्सवेलले भने, ‘उनले टिमलाई अर्को स्तरमा पुर्‍याइदिए । किनभने उनी सजिलै खेल्ने गर्छन् । उनको खेलजीवन जसरी अगाडि बढिरहेको छ, त्यो नेतृत्व क्षमता अरुका लागि उदाहरण नै हो ।’

देव्रेहाते स्पिनर रवीन्द्र जडेजाले १ सय २४ रन खर्चेर ५ विकेट लिए । २९ औं म्याच खेल्दै गरेका उनले एकै इनिङ्समा ५ वा सो भन्दा बढी विकेट लिएको यो आठौंपल्ट हो । तीव्र बलर उमेश यादले ३ विकेट लिए ।

जडेजाले अन्तिम ब्याट्सम्यान जोस हाज्लेउडलाई शून्यमा रनआउट गरेपछि ५३ औं टेस्ट खेल्दै गरेका स्मिथको दोस्रो दोहोरो शतक बनाउने सम्भावना समाप्त सकिएको थियो । त्यसका बाबजुद पनि स्मिथको स्कोर भारतीय भूमिमा अस्ट्रेलियाका लागि कप्तानले बनाएको उच्च स्कोर हो । यसअघि २०१२–१३ को शृंखलामा माइकल क्लार्कले चेन्नईमा १ सय ३० रन बनाएका थिए । म्याक्सवेलले २०१३ मा पहिलो टेस्ट खेलेका थिए ।

त्यसयता केवल चौथो टेस्ट खेलिरहेका २८ वर्षे म्याक्सवेलले शतक बनाएपछि अस्ट्रेलियाले खेलमा वर्चस्व कायमै राखेको हो । चार टेस्टको शृंखला १–१ को बराबरीमा छ । यो टेस्ट जिते अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफी हात पार्नेछ ।

प्रकाशित : चैत्र ५, २०७३ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?