१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आरसीटीमा फेरि शाक्य

काठमाडौं — अन्नपूर्ण क्लब आरसीटीको शनिबार ११ औं साधारणसभाले अध्यक्ष पदमा फेरि सुरेशकाजी शाक्यलाई चुनेको छ । उनी पछिल्लो चार वर्ष क्लब अध्यक्ष नै थिए । कुल १४ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेश श्रेष्ठ, कुमार राजभण्डारी, सचिवमा राजु शाही, सह–सचिवमा रविन महर्जन र कोषाध्यक्षमा सन्जीवकाजी तुलाधर चुनिए ।

आरसीटीमा फेरि शाक्य

नेपाली फुटबलमा लामो इतिहास बोकेको अन्नपूर्ण क्लब आरसीटीले आउने वर्ष सहिद स्मारक लिग ‘ए’ डिभिजनमा उक्लने उद्देश्य राखेको छ । पछिल्लो पटक भएको ‘बी’ डिभिजनमा आरसीटी तेस्रो स्थानमा रहँदै माथि उक्लनबाट वञ्चित भयो । छ पटक ‘ए’ डिभिजन लिग जितेको आरसीटी घरेलु फुटबलमा सफल क्लबमा पर्छ ।

आरसीटी सहिद स्मारक लिग ०७० मा रेलिगेसनमा परेको थियो । त्यसयता आरसीटीले एक संस्करणको ‘बी’ डिभिजन मात्र खेलेको छ । रेलिगेसन पर्नुअगाडि ऋणको स्थितिमा पुगेको आरसीटीले अहिले सुदृढ आर्थिक अवस्था बनाइसकेको छ । ऋण चुक्ता गरेयता आरसीटी अहिले बचतको स्थितिमा छ । क्लबको नियमित राम्रो आयस्रोत पनि रहेको छ ।

प्रकाशित : चैत्र ६, २०७३ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?