कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतलाई अन्त्यतिर धक्का

एएफपी

राँची — अस्ट्रेलियाली तीव्र गतिका बलर प्याट कुमिन्सले ४ विकेट लिएपछि भारतले तेस्रो टेस्टको तेस्रो दिन शनिबार अन्त्यतिर धक्का बेहोरेको छ । चेतेश्वर पुजाराको ठोस शतकपछि भारतले दिनको खेल सकिँदा ६ विकेट गुमाएर ३ सय ६० रन बनाएको छ । घरेलु टिम पहिलो इनिङ्समा अझै ९१ रनले पछाडि छ ।

भारतलाई अन्त्यतिर धक्का

त्यसमा पुजारा १ सय ३० रन बनाएर खेलिरहेका छन् । उनलाई ऋद्धिमन साहले १८ रन बनाएर साथ दिइरहेका छन् । 

सन् २०११ यता पहिलोपल्ट अस्ट्ेरलियाली टिमबाट खेलिरहेका कुमिन्सले बहुमूल्य विकेटका रूपमा भारतीय कप्तान विराट कोहलीलाई आउट पारे । यी २३ वर्षीय कुमिन्सलाई अर्का तीव्र गतिका बलर जोस हाज्लेउड र स्पिनर स्टिभ ओ’किफीले बलियो साथ दिए । दुवै बलरले एक/एक विकेट लिए । पुजाराले दोस्रो विकेटमा प्रारम्भिक ब्याट्सम्यान मुरली विजयसँग १ सय २ रनको साझेदारी गरे । विजयले ८२ रनको योगदान दिए । 
अहिलेसम्म पुजाराले १७ चौका प्रहार गरेका छन् । उनको प्रदर्शन मद्दतले भारतले पहिलो इनिङ्समा अग्रता आश गरेको थियो । यो उनको ११ औं टेस्ट शतक हो । अस्ट्ेरलियाले पहिलो इनिङ्समा ४ सय ५१ रन बनाएको हो । विजय आउट भएपछि पुजाराले अजिन्क्या राहने र करुण नायरसँग पनि छोटो तर महत्त्वपूर्ण साझेदारी गरे । राहनेले १४ र नायरले २३ रन बनाए । कुमिन्सले चिया सत्रमा दुई विकेट लिए । त्यसमा पहिलो विकेट राहनेको रह्यो । 

कुमिन्सले त्यसपछि नायरलाई उत्कृष्ट रिभर्स स्विङको मद्दतले बोल्ड गरे । अस्ट्ेरलियाली कप्तान स्टिभ स्मिथले लगातार आफ्ना बलर परिवर्तन गर्दै दिनको अन्तिम दुई घण्टाको खेलमा भारतलाई दबाबमा राखे । भारतले अन्तिम सेसनको ३१ ओभरमा २ विकेट गुमाएर सुस्त ५७ रनमात्र बनाएको थियो । यसअघि चोटको सम्भावनाबाट गुज्रिइरहेका कोहली आफ्नो नियमित चौथो स्थानमा ब्याटिङ गर्न ओर्लेका थिए । तर उनी २३ बलमात्र टिके । 

श्रीलंका–बंगलादेश
कोलम्बो– श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टको चौथो दिन शनिबार १ सय ३९ रनको अग्रता लिएको छ । उससँग दुई विकेट बाँकी छ । एक दिनको खेल बाँकी छँदा श्रीलंकाले ८ विकेट गुमाएर २ सय ६८ रन बनाएको छ । 

त्यसमा दिलरुवान परेरा २६ र सुरङ्गा लकमल १६ रन बनाएर खेलिरहेका छन् । अब बंगलादेशले अन्तिम दिन आफ्नो जितका लागि प्रयास गर्न सक्नेछ । बंगलादेशले आफ्नो पहिलो इनिङ्समा ४ सय ६७ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेको थियो । यसअघि श्रीलंकाले पहिलो इनिङ्समा ३ सय ३८ रन बनाएको थियो ।

 

प्रकाशित : चैत्र ६, २०७३ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?