कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुटवल–११ विजयी

भैरहवा — टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार समूह ‘ए’ को खेलमा बुटवल–११ क्रिकेट क्लब बुटवल र समूह ‘बी’ मा साई ग्लोबल क्रिकेट क्लब भैरहवा विजयी भएका छन् । बुटवल–११ ले बुद्ध क्रिकेट क्लब भैरहवालाई ४६ रनले र साई ग्लोबलले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १९ रनले पराजित गरे ।

टस हारेको बुटवल–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २५ रन बनायो । टोलीका प्रथम पराजुलीले ३१, अमित श्रेष्ठले २३ र तौसिफ आलमले नटआउट १८ रन बनाए । बुद्धका प्रवेज आलमले २, सन्दीप साहनी, जमाल अहम्मद र रोशन गौतमले समान १/१ विकेट लिए ।

बुद्धले ९ विकेट गुमाई ७९ रनमात्र बनाउन सक्यो । सन्दीप साहनीले १६ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन सकेनन् । बुटवलका तौसिफ आलमले ३, सुधन श्रेष्ठ र सुमन श्रेष्ठले २/२ विकेट लिए । 

अर्को खेलमा साई ग्लोबल १९.४ ओभरमा १ सय ४५ रनमा अलआउट भयो । रूपेश बाँस्तोलाले ३० तथा सन्देश शाक्यले २१ रनको योगदान दिए । ज्ञानोदयका पदम खवासले ३ र निशान्त शर्माले २ विकेट लिए । ज्ञानोदयले ५ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो । निशान्त शर्माले ३९ र जितेन्द्र साहनीले १४ रन बनाए । साई ग्लोबलका रूपेश बाँस्तोला र राहुल थापाले २/२ विकेट लिए ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले १० हजार, बेस्ट ब्याट्सम्यान तथा बेस्ट बलरले ५/५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ हासिल गर्नेछन् । प्रतियोगिता चैत १२ सम्म सञ्चालन हुनेछ । 

प्रकाशित : चैत्र ७, २०७३ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?