टेटे टोली भारत प्रस्थान

काठमाडौं — आरएस एन्ड सीसी डायमण्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ । चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५–५ पुरुष/महिला खेलाडीले यू–२१ उमेर समूहमा सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टेटे टोली भारत प्रस्थान

पुरुषमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन र नारायण घिमिरे तथा महिलामा सोनु थापामगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मञ्जु सुवालले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सञ्जय अर्याल तथा टिम व्यवस्थापकमा शिव देउजा छन् ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?