कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारत बलियो स्थितिमा

एएफपी

राँची — चेतेश्वर पुजाराले संयमित हुँदै बनाएको दोहोरो शतक र रिद्दिमान साहको अर्को शतक मदतले भारत अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिन बलियो स्थितिमा पुगेको छ । भारतले आफ्नो पहिलो इनिङ्स दिनको अन्त्यतिर नौ विकेट गुमाएर ६ सय ३ रनमा पूरा भएको घोषणा गरेको थियो । त्यसयता भारतले अस्ट्रेलियाको दुई विकेट लिएको छ ।

 भारत बलियो स्थितिमा

त्यसमा १४ रन बनाएका प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरको विकेट सर्वाधिक बहुमूल्य रहेको छ । रवीन्द्र जडेजाले वार्नरको विकेट लिए । लगत्तै उनले नाइटवाचम्यानका रूपमा आएका नथान लायनलाई पनि दुई रनमा आउट पारे । दिनको समाप्तिमा अस्ट्ेरलिया दुई विकेट गुमाएर २३ रनको स्थितिमा छ र घरेलु टिमको तुलनामा अझै १ सय ५२ रनले पछाडि छ ।

भारतको इनिङ्समा जडेजाले नटआउट रहेर ५४ रनको ब्याटिङ पनि गरे । तर दिनको खेल भने पुजारा र साहको नाममा रह्यो । पुजाराले २ सय २ रन बनाए भने साहको ब्याटबाट १ सय १७ रन निस्क्यो ।

उनीहरूले सातौं विकेटका लागि १ सय ९९ रनको साझेदारी गरे । यसक्रममा उनीहरूले अस्ट्रेलियाली बलिङ आक्रमणलाई लगातार निराश पारे । अस्ट्ेरलियाले दिनको सुरुआती दुई इनिङ्समा एउटा पनि विकेट लिन सकेन । भारतका लागि ४७ औं टेस्ट खेलिरहेका पुजाराले दोहोरो शतक बनाएको यो तेस्रोपल्ट हो । साहले भने आफ्नो व्यक्तिगत उच्च स्कोर बनाए । त्यस मदतले भारतले अस्ट्रेलियाली पहिलो इनिङ्समा तयार ४ सय ५१ रनलाई उछिन्न सफल रहेको हो ।

पुजाराले चौथो दिन १ सय ३० रनबाट अगाडि खेल्न सुरु गरेका थिए । उनले कुल २१ चौका प्रहार गरे र ५ सय २५ बलको सामना गरे । बलको संख्या सामना गरेको आधारमा यो टेस्ट क्रिकेटमा कुनै पनि भारतीय ब्याट्सम्यानले सामना गरेको अहिलेसम्मको सर्वाधिक लामो इनिङ्स हो । सन् २०१२ मा इंग्ल्यान्डविरुद्ध २९ वर्षीय ब्याट्सम्यानले सर्वाधिक नटआउट २ सय ६ रन बनाएका थिए । उनलाई उछिन्न सक्ने स्थितिमा पुजारा लायनको बलमा आउट भए ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?