कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रियलको महत्त्वपूर्ण जित

एएफपी

म्याड्रिड — रियल म्याड्रिड व्यवस्थापक जिनेदिन जिदानले एथलेटिक बिलबाओमाथि उत्तराद्र्धको गोलबाट जित हासिल गरेपछि आफ्नो टिमको प्रशंसा गरेका छन् । ब्राजिली मिडफिल्डर कासिमिरो शनिबारको खेलमा अप्रत्याशित नायक सावित भएका थिए ।

रियलको महत्त्वपूर्ण जित

कासिमिरोले खेल सकिन २२ मिनेट छँदा नजिकको दूरीबाट विजयी गोल गरेका हुन् । यो नतिजाले ला लिगा तालिकामा बार्सिलोनाभन्दा म्याड्रिड ५ अंकले अगाडि छ । ‘हामीले धेरै दबाब थेग्नुपर्छ, तर हामी राम्रो खेलिछाड्छौं,’ जिदानले भने, ‘यो खेल एकदमै महत्त्वपूर्ण थियो ।’

करिम बेन्जेमाले पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोको क्रसमा गोल गरी टिमलाई अग्रता दिए । बिलबाओका एरिज एडुरिजले बराबरी गोल गरे । बार्सिलोनाले आइतबार
क्याम्प नोउमा भ्यालेन्सियालाई हराए अंक अन्तरलाई २ मा झार्न सक्छ ।

बिलबाओले घरेलु खेलमा बनाएको १९ खेलको अविजित शृंखला तोडिएको छ । टिम हाल सातौं स्थानमा छ । ‘हामीले खेलमा आधिपत्य जमायौं,’ एडुरिजले सञ्चारकर्मीसँग भने, ‘हामीले उनीहरूलाई निरन्तर दबाब दियौं तर पाएको अवसरलाई उनीहरूले सदुपयोग गरे ।’

म्याड्रिड सुरुको १० मिनेटमै दबाबमा पर्‍यो । म्याड्रिडले मौका कुरिरहेको थियो । उसले गरेको पहिलो गोल अफसाइड भयो । रोनाल्डोको प्रहारलाई बिलबाओका गोलरक्षकले विफल पारे । सर्जियो रामोसले पनि मौका गुमाए । उनले टोनी क्रुसको फ्रिकिकमा पोस्टबाहिर हेड गरे । म्याड्रिडले काउन्टर अट्याकमा ध्यान दिएको थियो ।

म्याड्रिड २५ औं मिनेटमा गोल गर्न सफल भयो । कासिमिरोले दिएको पासमा रोनाल्डोले अफसाइड ट्रयाप बिट गर्दै बेन्जेमाका लागि एकदमै सटीक लो क्रस निकालिदिए । बेन्जेमाले एथलेटिकोविरुद्ध आफ्नो व्यक्तिगत छैटौं गोल गरे ।

दोस्रो हाफमा म्याड्रिड फेरि दबाबमा आयो । केलर नाभास र रामोसबीच समझदारी नहुँदा टिमले झन्डै आत्मघाती गोल खानुपरेको थियो । नाभासले पछिल्ला साता गम्भीर खाले गल्ती गर्ने स्वभाव प्रकट गरिरहेका छन् । तर उनले इनाकी विलियम्सको खतरनाक प्रहार रोकेर टिमलाई गुन पनि लगाए ।

खेलमा विलियम्सको दायाँ साइडतर्फ तुफानी गति निकै डरलाग्दो थियो । उनकै क्रसमा राउस गार्सियाले हेड पास गर्दा एडुरिजले गोल गर्ने मौका पाएका थिए । बिलबाओको बराबरी ३ मिनेटभन्दा बढी टिकेन । क्रुसको पासलाई रोनाल्डोले फ्लिक गरे, जसबाट ६ यार्डभित्र एक्लै परेका कासिमिरोले गोलमा परिणत गरे ।

प्रकाशित : चैत्र ७, २०७३ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?