काँकडभिट्टा गोल्डकप नाफामा

काँकडभिट्टा — मेची नेत्रालय काँकडभिट्टा गोल्डकपवाट आयोजकले करिब साढे ७ लाख रुपैयाँ बचत गरेको छ । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पुस १६ देखि २३ सम्म काँकडभिट्टा माविको मैदानमा प्रतियोगिता गरेको थियो ।

सोमबार पत्रकार सम्मेलनमा आयोजकका कोषाध्यक्ष नोर्बु शेर्पाले कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आय र ३१ लाख ८७ हजार ८० रुपैयाँ खर्च भएको बताए । ‘करिब ७ लाख ३६ हजार ३ सय ८३ रुपैयाँ प्रतियोगितावाट नाफा भएको छ,’ उनले भने ।

आयोजक समिति अध्यक्ष मीनवहादुर बस्नेतले बचत रकमलाई काँकडभिट्टाको फुटबल विकास र मैदान मर्मतमा खर्चिने बताए । उनले अर्को वर्ष प्रतियोगिताको स्तर वृद्धि गरी पुरस्कार राशिसमेत बढाउने योजना सुनाए । ‘नाफा भएको सबै रकम फुटबल विकास र प्रवद्र्धनमै खर्च गर्नेछौ’, बस्नेतले भने, ‘दुरुपयोग गर्ने छैनौं ।’
यसैबीच आयोजकले दुई पत्रकार रमेश समदर्शी र फोटो पत्रकार कृष्ण सिन्जालीलाई सम्मान गरेको छ । उनीहरूले जनही ५ हजार ५ सय रुपैयाँ पाए ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?