वीरगन्ज सेमिफाइनलमा

हेटौंडा — वीरगन्ज युनाइटेड क्लब टाइब्रेकरमा विजयी हुँदै पिप्ले–क्याम्पा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार वीरगन्जले चौधरी ११ बारालाई टाइब्रेकरमा ३–१ ले हराएको थियो । फाइनल पुग्नका लागि वीरगन्जले आयोजक पिप्ले युवा क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि प्रतिकुल मौसमका कारण सिधै टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा वीरगन्जका गोलरक्षक उमेश कार्की नायक साबित भए । उनले विपक्षीका तीन पेनाल्टी रोकेका थिए । उनी म्यान अफ द म्याच घोषित भए ।

वीरगन्जका राजेश पटेल, शम्शेर तामाङ र चिरञ्जीवी कार्कीले गोल गरे । सञ्जय चौधरीको प्रहार पोलमा लागेर फर्किदा राधेश्याम चौधरीको प्रहार बाराका गोलरक्षकले रोके । बाराबाट एकमात्र गोल गजेन्द्र चौधरीले गरे । बाराका चतुर्भुज चौधरी, मनोज चौधरी र लक्ष्मण चौधरीको प्रहार गोलरक्षक चिरन्जीवी कार्कीले जोगाए ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?