कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काठमाडौं नगरकप फुटबल हुने

काठमाडौं — जिल्ला खेलकुद विकास समिति काठमाडौंले प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगिता गर्ने भएको छ । चैत २४ देखि ३१ सम्म हुने स्पर्धामा काठमाडौंका १० नगरपालिकाले भाग लिने छन् । नकआउटका आधारमा हुने प्रतियोगिता सानो गौचरनस्थित मैदान हुने आयोजक समिति अध्यक्ष धुव्रराज न्यौपानेले बताए ।

जिल्ला खेलकुद विकास समिति काठमाडौंले प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगिता गर्ने भएको छ । चैत २४ देखि ३१ सम्म हुने स्पर्धामा काठमाडौंका १० नगरपालिकाले भाग लिने छन् ।

नकआउटका आधारमा हुने प्रतियोगिता सानो गौचरनस्थित मैदान हुने आयोजक समिति अध्यक्ष धुव्रराज न्यौपानेले बताए । जिल्ला समन्वय समितिको सहयोगमा हुने स्पर्धाको विजेताले एक लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५१ हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।

सर्वोत्कृट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार पाउने संयोजक बद्री भट्टराईले बताए ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?