पूर्वाञ्चलको सुखद सुरुआत

इटहरी — पीएलओ यू–१९ क्रिकेटको उद्घाटन खेलमा आइतबार पूर्वाञ्चलले पश्चिमाञ्ललाई ३० रनले पराजित गरेको छ । अर्को खेलमा सुदूरपश्चिमले पनि जित हात पार्‍यो ।

पीएलओ यू–१९ क्रिकेटको उद्घाटन खेलमा आइतबार पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३० रनले पराजित गरेको छ । अर्को खेलमा सुदूरपश्चिमले पनि जित हात पार्‍यो ।

इटहरी क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा टस जित्दै ब्याटिङ रोजेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पश्चिमाञ्चल भने २० ओभरमा १२९–९ मा सीमित भयो ।

पश्चिमाञ्चलका लागि कुल मल्लले सर्वाधिक २५ रन जोडे । चार विकेट लिएका पूर्वाञ्चलका मिनस थापा म्यान अफ द म्याच भए । दोस्रो खेलमा सुदूरपश्चिमले मध्यमाञ्चलमाथि सात विकेटको जित रच्यो । टस जितेर ब्याटिङ गर्न ओर्लिएको मध्यमाञ्चल १६ ओभरमा ९० रनमै अलआउट भयो । सुदूरपश्चिमका अमन पन्थीले प्रभावशाली बलिङ गर्दै तीन विकेट लिए ।

प्रकाशित : चैत्र २८, २०७३ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?