कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इब्राहिमोभिचको प्रभाव

एएफपी

सन्डरल्यान्ड — जाल्टन इब्राहिमोभिचले सिजनको २८ औं गोल गरेपछि आइतबार म्यानचेस्टर युनाइटेड ३–० ले सन्डरल्यान्डलाई पराजित गरेर प्रिमियर लिगमा शीर्ष चार नजिक पुगेको छ । स्टेडियम अफ लाइटमा हेनरिक मातिखतरियान र सब्स्टिच्युट मार्कुस रासफोर्डले पनि गोल गरेका थिए ।

इब्राहिमोभिचको प्रभाव

यससँगै जोसे मोउरिन्होको टिमले लिगमा अपराजित खेललाई २१ पुर्‍याएको छ ।

चेल्सीले प्रिमियर लिगमा ७ अंकको अग्रता पुनस्र्थापित गर्नेक्रममा शनिबार बर्नमाउथलाई ३–१ ले हराएको थियो । चेल्सीका मार्कोस एलोन्सोले गरेको आकर्षक फ्रिकिक खेलको 
मुख्य झलक थियो । यसअघि टोटेनहमले वाटफोर्डलाई ४–० ले हराउँदै अंक दूरीलाई ४ मा झारेको थियो । ‘टोटेनहमजस्तो टोलीले पछ्याइरहेका बेला यस्तो नतिजालाई राम्रो मान्नुपर्छ,’ एन्टोनियो कोन्टेले भने । अर्को खेलमा लिभरपुलले ब्राजिली वैकल्पिक खेलाडी कोउन्टिहो र रोबर्टो फिरमिनोको गोलमा स्टोक सिटीमाथि २–१ को जित निकाल्यो । लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा छ । यसैगरी चौथो स्थानको म्यानचेस्टर सिटीले हल सिटीमाथि ३–१ को जित प्राप्त गर्‍यो । 

चेल्सीले सुरुआती २० मिनेटमै २ गोल गरिसकेको थियो । पहिलो गोल डियगो कोस्टाको शट डिफ्लेक्ट भएर भएको थियो भने दोस्रो गोल इडेन हाजार्डले गरे । यो उनको सिजनको १४ औं गोल हो । बर्नमाउथका लागि जोस किङले ४२ औं मिनेटमा गोल गरे । अलोन्सोले खेल सकिन २२ मिनेट बाँकी छँदा फ्रिकिकमा उत्कृष्ट गोल गरे । अर्को खेलमा टोटेनहमका लागि दक्षिण कोरियाली फरवार्ड सन हेङ मिनले २ गोल गरे । बाँकी दुई गोल डेले अली र इरिक डियरले गरे । ‘अब हामीले निरन्तर जित्ने मात्र हो,’ क्लबका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने । 

प्रकाशित : चैत्र २८, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?