२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डीपीएलको पहिलो खेलमा सीवाइसी अत्तरिया विजयी [लाइभ अपडेट]

सीवाइसी अत्तरियाले ४० रनले हरायो काठमाडौं गोल्डेन्सलाई

धनगढी — सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४६ रन बनाएको थियो ।

डीपीएलको पहिलो खेलमा सीवाइसी अत्तरिया विजयी [लाइभ अपडेट]

जबाफमा काठमाडौं गोल्डेन्स १८.४ ओभरमा १०६ रनमा अल आउट भयो । एसएसपी कार्यालय मैदानमा सीवाइसी अत्तरियाबाट अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट लिए ।

...

सगरमाथा धनगढी प्रिमियर लिग (डीपिएल) अन्तर्गतको पहिलो दिनको खेल काठमाडौं गोल्डेन्स र सीवाइसी अत्तरियाबीच जारी छ । सोमबार बिहान धनगढीको अञ्चल प्रहरी खेल मैदानमा भएको खेलमा टस हारेर व्याटिङ गरेको सीवाइसी अत्तरियाले ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ । काठमाडौं गोल्डेन्सले १ सय ४७ रनको लक्ष्य पाएको छ ।

सीवाइसी अत्तरियाले ६ विकेट गुमाइ १ सय ४६ रन बनाएको छ । ज्ञानेन्द्र कुँवर २३ बलमा ३४ र प्रदीप ऐरी ५ बलमा १३ रन बनाइ नट आउट रहे ।

...

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतको पहिलो दिनको खेल काठमाडौं गोल्डेन्स र सीवाइसी अत्तरियाबीच भइरहेको छ । सोमबार बिहान धनगढीको अञ्चल प्रहरी खेल मैदानमा हुन लागेको खेलमा काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

हामी ट्विटरबाट अपडेट दिइरहेका छौं ।

प्रकाशित : चैत्र २८, २०७३ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?