आयोजकलाई व्याकुल माइला गोल्डकप

ओखलढुंगा — सोक्माटारमा आयोजित छैटौं व्याकुल माइला गोल्डकप फुटबलको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । आयोजकले शुक्रबार फाइनलमा मानेभन्ज्याङ युवा समूहलाई १–० ले पराजित गर्दै उपाधि कब्जा गरेको हो । २४ औं मिनेटमा राजु राईले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

सोक्माटारमा आयोजित छैटौं व्याकुल माइला गोल्डकप फुटबलको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ ।

आयोजकले शुक्रबार फाइनलमा मानेभन्ज्याङ युवा समूहलाई १–० ले पराजित गर्दै उपाधि कब्जा गरेको हो । २४ औं मिनेटमा राजु राईले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अन्तिमसम्म मानेभन्ज्याङले गोल फर्काउने कोसिस गरे पनि सफलता पाएन । विजेताले १ लाख रुपैयाँ र १ सय १ तोलाको चाँदीको कप जितेको छ । उपविजेताले ५० हजारसहित चाँदीको कप थाप्यो । तेस्रो भएको समूह नयाँ नेपाल सरोकार समाज ‘बी’ ले २५ हजार पायो । उत्कृष्ट गोलकर्ता मानेभन्ज्याङका कुमारजित मगर (५ गोल) भए । उनले ५ हजार नगद पुरस्कार पाए ।

दिलकर्ण बेस्ट टिम अवार्डसहित १० हजार वेस्ट काठमान्डू क्लबले पायो । उत्कृष्ट खेलाडी नयाँ नेपालका राजु राई र गोलकिपर मानेभन्ज्याङका रेवत पुलामीमगर भए । दुवैले ५–५ हजार पाए । विजेतालाई राष्ट्रिय गानका सर्जक व्याकुल माइला र समाजसेवी मोतीराज राईले पुरस्कृत गरेका थिए ।

प्रकाशित : वैशाख २, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?