कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विराटनगर किंग्स डीपीएलको फाइनलमा प्रवेश

धनगढी — विराटनगर किंग्सले सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबार क्वालिफायर्समा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङमा आएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो ।

विराटनगर किंग्स डीपीएलको फाइनलमा प्रवेश

जवाफी व्याटिङमा आएको रुपन्देही च्यालेन्जर्सले पुरै ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो । यो जितसँगै विराटनगर किंग्स डीपीएलको फाइनलमा प्रवेश गरेको छ भने रुपन्देही च्यालेन्जर्सले आजै दिउँसो हुने इलिमिनेटर राउन्डको विजेतासँग भोलि खेल्नेछ । 

प्रकाश विष्टलाई पहिलो ओभरमा शुन्यमा गुमाएको विराटनगरबाट आसिफ शेखले ३६, कप्तान शरद भेषावकरले २४ र पवन सर्राफले १५ रन बनाए । तीनै व्याट्सम्यानले २/२ छक्का प्रहार गरे । 

रुपन्देहीका कप्तान शक्ति गौचनले ४  ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दीपेश श्रेष्ठले २ तथा विक्रम सोब, कृष्ण कार्की र साहब आलमले १/१ विकेट लिए । 

यस्तै रुपन्देहीको तर्फबाट विक्रम सोबले नटआउट सर्वाधिक २३ रन प्रहार गरे ।भने पुष्प थापाले २२ रन जोडे । रुपन्देहीका अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् । 

विराटनगर किंग्सका तर्फबाट सुशील कँडेलले ४ विकेट लिए भने  सन्दीप लामिछानेले २ विकेट । 

...

 

विराटनगर किंग्सले सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबार क्वालिफायर्समा रुपन्देही च्यालेन्जर्सलाई १ सय २९ रनको लक्ष्य दिएको छ । टस जितेको विराटनगरले एसएसपी कार्यालय क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाइ १२८ रन बनायो ।  

प्रकाश विष्टलाई पहिलो ओभरमा शुन्यमा गुमाएको विराटनगरबाट आसिफ शेखले ३६, कप्तान शरद भेषावकरले २४ र पवन सर्राफले १५ रन बनाए । तीनै व्याट्सम्यानले २/२ छक्का प्रहार गरे । 

रुपन्देहीका कप्तान शक्ति गौचनले ४  ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दीपेश श्रेष्ठले २ तथा विक्रम सोब, कृष्ण कार्की र साहब आलमले १/१ विकेट लिए । 

...

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबार नकआउट चरणको पहिलो खेल रुपन्देही च्यालन्जर्स र विराटनगर किंग्सबीच हुँदै छ । आज बिहान टस जितेर विराटनगर किंग्सले व्याटिङ गर्ने निर्णय गरेको छ । 

यो खेल जित्ने सोझै फाइनलमा पुग्नेछ भने हार व्यहोर्नेले आजै दिउँसो पने इलिमिनेटरको विजेतासँग खेल्नेछ । 

विराटनगर किंग्सका कप्तान शरद भेषावकर हुन् भने रुपनदेही च्यालन्जर्सका कप्तान शक्ति गौचन हुन् । 

प्रकाशित : वैशाख ६, २०७४ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?