१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कञ्चन समाज च्याम्पियन

कञ्चनपुर — कञ्चन समाजले महेन्द्रगरमा जारी एन्फा जिल्ला फुटबल लिग जितेको छ । बुधबार फाइनलमा हिमसागर युवा विकास केन्द्र बेल्डाँडीलाई ४–२ ले पराजित हराएको थियो । विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार जित्यो । उपविजेता टिमले १५ हजार पायो ।

कञ्चन समाज च्याम्पियन

कञ्चनबाट सन्तोष क्षेत्री, सुरज पोखरेल, उमेश लामा र सुरज पुनले गोल गरे । बेल्डाँडीका राजबहादुर खड्का र अनिल भण्डारीले गोल गरेका थिए । मध्यान्तरसम्म बेल्डाँडी २–१ ले अघि थियो ।

जिल्ला फुटबल संघ कञ्चनपुरले चैत २६ बाट आयोजना गरेको स्पर्धामा जिल्लाका १३ टिम सहभागी थिए । विधागत उत्कृष्टमा गोलकिपरमा रोयल गोर्खाका आकाश बुढा, डिफेन्डरमा हिमसागरका क्रिस रोकाया, मिडफिल्डरमा आदर्श नेपालका ललित जोशी, स्कोररमा कञ्चनका सुरज पुन र उदीयमान खेलाडीमा युथ क्लव अफ महाकालीका कुशल देउवा चुनिए ।

प्रकाशित : वैशाख ७, २०७४ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?