१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एसियन सिटिज तेक्वान्दोमा १२ खेलाडी

काठमाडौं — नेपालका १२ खेलाडीले हङकङमा हुने २१ औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली टोली बुधबारै त्यसतर्फ गएको छ ।

अप्रिल २२–२४ सम्म हुने च्याम्पियनसिपमा क्याडेटतर्फ २९ केजीमुनि सुप्रिमा बजगाईं, जुनियर ४२ केजीमुनि दक्षिण शाही ठकुरी र सिनियरतर्फ ७४ केजीमुनि विकेश बिँडारीले प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडी युनाइटेड तेक्वान्दो डोजाङका हुन् । 

विकेशले गत संस्करणमा कांस्य जितेका थिए । उनीसँगै त्यस संस्करणमा सुजना खड्का, संजिला तिमिल्सिना, संगीता बस्याल र मिसन रासकोटीले कांस्य जितेका थिए भने ओलम्पियन निशा रावल स्वर्ण जित्नेमा थिइन् । सिनियरतर्फ मिसन रासकोटीले ५८ केजीमुनि, सुमित्रा खत्रीले ७३ केजी माथि, सागर तिमिल्सिनाले ६८ केजीमुनि, रोबिन राईले ५४ केजीमुनि, अमृत थापाले ६३ केजीमुनि, आकाश पुनले ६८ केजीमुनि, सुजन गुरुङले क्याडेट ४५ केजीमुनि र प्रकाश थापाले जुनियर ५४ केजीमुनि प्रतिस्पर्धा गर्ने छन् । पुम्सेको ३० वर्ष माथि सुरज श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । एसियाका विभिन्न १३ राष्ट्रले भाग लिने नेपाल तेक्वान्दो संघले जनाएको छ । 

प्रकाशित : वैशाख ७, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?