स्याङजा — दोस्रो आँधीखोला ओहिया कप भलिबल प्रतियोगिताको उपाधि आरम्भ निर्माण सेवाले जितेको छ । नयाँ वर्षका अवसरमा परिवर्तन युवा क्लबद्वारा आयोजित प्रतियोगितामा आरम्भले मडुवा युवा क्लबलाई २५–१६, २५–२०, २५–१४ को सोझो सेटमा हरायो ।
सेमिफाइनलमा मडुवाले आयोजक ‘सी’ लाई २५–२२, २५–१७, २५–११ ले र आरम्भले फेदीखोला युवा क्लबलाई २५–२१, १५–२५, ३५–३३, २५–१७ को सेटमा हराएका थिए । विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाए ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?