कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

डीपीएलको फाइनलमा पारस र शरदको टिम भिड्ने

रुपन्देही च्यालेन्जर्स ८० रनमा अल आउट

धनगढी — सगरमाथा प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा पारस खड्कको कप्तानी रहेको टिम चौराह धनगढी र शरद भेषावकरको कप्तानी रहेको विराटनगर किंग्सबीच हुने भएको छ । फाइनल आगामी शनिबार एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा हुनेछ ।

डीपीएलको फाइनलमा पारस र शरदको टिम भिड्ने

बिहीबार भएको क्वालिफायर-२ को खेलमा टिम चौराह धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

एसएसपी कार्यालय मैदानमा टस जितेर पहिला व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो । १७३ रनको लक्ष्य लिएर आएको रुपन्देही च्यालेन्जर्स १५.२ ओभरमा ८० रनमै अलआउट भयो ।

पहिलो तीन खेल हारेका टिम चौराह धनगढीले त्यसपछिको लगातार चार खेल जितेर फाइनल पुगेको हो ।

...

सगरमाथा प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत क्वालिफायर-२ मा टिम चौराह धनगढीले रुपन्देही च्यालेन्जर्स सामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । एसएसपी कार्यालय मैदानमा टस जितेर पहिला व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो । प्रतियोगिताको यो दोस्रो उच्च स्कोर हो ।

विराटनगर किंग्समाथी काठमाडौं गोल्डेन्सले बनाएको १७३ रन प्रतियोगिताको यसअघिको उच्च स्कोर थियो ।

टिम चौराह धनगढीले पछिल्लो १० ओभरमा १ सय १२ रन बनाएको थियो । टिम चौराह धनगढीका कप्तान पारस खड्का ६७ र सौरभ खनाल २४ रनमा नटआउट रहे ।

रुपन्देही च्यालेन्जर्सका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र सहाब आलमले १/१ विकेट लिए ।

...

सगरमाथा प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत क्वालिफायर-२ मा टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीच भिड्दै छन् । एसएसपी कार्यालय मैदानमा टस जितेर टिम चौराह धनगढीले पहिला व्याटिङ गर्ने निर्णय गरेको छ । यो खेलमा जित्ने शनिबार हुने फाइनलामा प्रवेश गर्नेछ । फाइनलमा शरद भेषावकरको टोली विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

...

सगरमाथा प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत क्वालिफायर-२ को खेल बिहीबार बिहान सुरु हुँदै छ । आज बिहान १० बजे टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीच हुँदै छ । बुधबार भएको क्वालिफायर-१ मा हार व्यहोरेको रुपन्देही च्यालेन्जर्स र इलिमिनेटरमा जित्ने टिम चौराह धनगढीबीच हुँदै छ ।

यो खेल जित्नेले शनिबार बिहान हुने फाइनलमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।

विराटनगर किंग्स सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगिसकेको छ । स्पिनरद्वय सुशील कँडेल र सन्दीप लामिछानेको प्रभावपछि विराटनगरले बुधबार क्वालिफायर्समा रूपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गरेको थियो । अर्को खेलमा विजय हात पार्दै टिम चौराह धनगढी क्वालिफायर्स २ मा पुगेको थियो ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले संयुक्त रूपमा आयोजना गरेको टी–२० प्रतियोगितामा नेपालका ६ सहरका टिमले प्रतिस्पर्धा गरेका थिए ।

अन्तरक्याम्पस क्रिकेट प्रतियोगिता एसपीए कप र अक्सनबाट टिम तयार गरी गत वर्ष आयोजना गरिएको धनगढी क्रिकेट लिगको ‘मर्जर’ का रूपमा धनगढी प्रिमियर लिग आयोजना गरिएको हो । ‘६ वर्षअघि एसपीए कप सुरु गर्दा १० हजार रुपैयाँ माग्दा १० वटा कुरा सुनेर खाली हात फर्कनुपरेको थियो । सम्भावना देखेर निरन्तर मिहिनेत गरेपछि सफलता पाइँदो रहेछ । त्यसैले देशकै सबैभन्दा ठूलो धनराशि र बजेटको प्रतियोगिता आयोजना गर्ने स्तरमा पुगेका छौं । यो प्रतियोगिता (धनगढी प्रिमियर लिग) नेपाली क्रिकेटको विकेन्द्रीकरण र व्यावसायिक पाइलामा नयाँ आयाम बन्ने विश्वास छ,’ आयोजक सुवास शाहीले भने ।

करिब १ करोड ६० लाख खर्च हुने बताइएको धनगढी प्रिमियर लिगको विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख रुपैयाँ दिइने शाहीले बताए । ‘प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । कुल पुरस्कार २८ लाख ५० हजार हुनेछ,’ उनले भने । उक्त पुरस्कार र बजेट नेपाली क्रिकेटमा हालसम्मकै सबैभन्दा ठूलो हो ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?