लाङटाङ म्याराथनको तयारी पूरा

काठमाडौं — दोस्रो लाङटाङ म्याराथनको तयारी लगभग पूरा भएको आयोजक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।

लाङटाङ म्याराथनको तयारी पूरा

‘६० जना नेपाली धावकले नाम दर्ता गराइसकेका छन् । विदेशीहरू पनि आउने क्रम जारी छ । १ सय बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ,’ वैशाख १२ मा हुने दौडबारे टानका महासचिव कर्णबहादुर लामाले बिहीबार भने, ‘यसपालिको तयारी लगभग सकियो ।’

महाभूकम्पबाट ठूलो क्षति पुर्‍याएको जिल्ला रसुवाको पर्यटनलाई फेरि सुचारु गर्ने लक्ष्यसाथ गतवर्ष सुरु गरिएको लाङटाङ म्याराथनको पहिलो संस्करण गोसाइँकुण्डदेखि धुन्चेसम्म २१ किमिमा गरिएको थियो । दोस्रो संस्करण ४२ किमिको हुने र यो लाङटाङकै क्यान्जिन गुम्बाबाट सुरु गरेर स्याफ्रुबेंसीमा टुंग्याउने महासचिव लामाले बताए ।

महिला र पुरुष दुवै स्पर्धाका विजेताले १–१ लाख पाउने छन् । उपविजेताले ७५–७५ हजार र तेस्रो हुनेले ५०–५० हजार हात पार्ने टानले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?