नेपाल कठिन समूहमा

काठमाडौं — नेपाली टिम शुक्रबार भएको एएफसी यू–१६ र यू–१९ फुटबल च्याम्पियनसिप २०१८ छनोट स्पर्धाको कठिन समूहमा परेको छ ।

नेपाल कठिन समूहमा

शुक्रबार मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र’ मा अनुसार नेपालले यू–१६ छनोटको समूह ‘डी’ मा डिफेन्डिङ च्याम्पियन इराक, भारत र प्यालेस्टाइनसँग खेल्नुपर्ने भएको छ । यो समूहको खेल सेप्टेम्बर १६–२४, २०१७ मा नेपालमा हुनेछ । १० समूहका विजेतासँगै उत्कृष्ट पाँच उपविजेता फाइनल चरणलाई छनोट हुनेछन् । त्यसमा एक आयोजक पनि हुनेछ । 

नेपाल यू–१९ मा बहराइन, युएई, ओमान र कीर्गिस्तानसँगै समूह ‘ए’ मा परेको छ । छनोटका खेलहरू नोभेम्बर ३१ देखि अक्टोबर ८ सम्म कीर्गिस्तानले आयोजना गर्नेछ । यसमा १० समूहका विजेता र दोस्रो हुनेमध्ये उत्कृष्ट पाँच टिम तथा आयोजक एक गरी १६ देशले फाइनल चरण खेल्नेछन् ।

प्रकाशित : वैशाख ९, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?