२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बार्सिलोना र रियल दुवै विजयी

काठमाडौं — स्पेनी ला लिगामा उपाधिको होडमा रहेको बार्सिलोना र रियल म्याड्रिड दुवैले शनिबार राति जित निकालेका छन् । बार्सिलोनाले भिल्लारियललाई ४–१ ले हरायो । यस्तै रियल ग्रेनेडाविरुद्ध ४–० ले विजयी रह्यो ।

बार्सिलोना र रियल दुवै विजयी



लिग तालिकामा दुवै समान ८४ अंक छ र बार्सिलोना अगाडि छ । तर रियलले उसको तुलनामा एक खेल कम खेलेको छ । बार्सिलोनाको जितमा लियोनल मेसीले दुई तथा नेयमार र लुइस स्वारेजले एक एक गोल गरे ।

रियल भने क्रिस्टियानो रोनाल्डो र गेराथ बेल विना मैदानमा उत्रेको थियो । उसका लागि जेम्स रोडरिगे र अल्भारो मोराटाले दुई दुई गोल गरे । तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले अर्को खेलमा आइबरलाई १–० ले हरायो । 

प्रकाशित : वैशाख २४, २०७४ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?