शिवराम फेरि च्याम्पियन

काठमाडौं — नेपाली व्यावसाियक गल्फका सर्वाधिक सफल शिवराम श्रेष्ठले ३५ औं उपाधिको रुपमा बिहीबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको ट्रफी चुमेका छन् ।

शिवराम फेरि च्याम्पियन

गोकर्ण गल्फ क्लबमा अन्तिम दिन एक अन्डर ७१ स्कोर गर्दै शिवरामले सिजनको पाँचौं उपाधि जितेका हुन् । चवन्न होलको प्रतियोगितामा उनको कुल स्कोर चार अन्डर २ सय ८४ रह्यो । कुल ६ लाख रुपैयाँ पुरस्कारको प्रतियोगितामा उनले एक लाख १० हजार हात पारे ।

बिहीबार दुई ओभर ७४ को कार्ड बनाएका सूर्यप्रसाद शर्मा समग्रमा एक ओभर २ सय ८९ सहित दोस्रोमा रहे । उनको भागमा ७० हजार रह्यो भने तेस्रो भएका सन्जय लामाले ५० हजार प्राप्त गरे । उनले दुई ओभर २ सय ९० स्कोर गरे । उनले अन्तिम चरणमा एक ओभर ७३ खेलेका थिए ।

रामे मगर र भुवन नगरकोटी समान चार ओभर २ सय ९२ सहित संयुक्त चौथो भए । दुवैले ३७ हजार ५ सय रुपैयाँ हात पारे । राजेन्द्र थापामगर सात ओभर २ सय ९५ सहित छैटौं भए । उनले ३० हजार प्राप्त गरे । जयराम श्रेष्ठ र रवि खड्का (समान ११ ओभर २ सय ९९), पशुपति शर्मा (१५ ओभर ३ सय ३) र धन थापा (१६ ओभर ३ सय ४) शीर्ष दसमा रहे । 

एमेच्योरतर्फ टंकबहादुर कार्की पहिलो भए । अन्तिम दिन एक ओभर ७३ खेलेका उनले कुल चार ओभर २ सय ९२ स्कोर गरे । तेन्जिङ छिरिङ सात ओभर २ सय ९५ सहित दोस्रोमा रहे ।

 

प्रकाशित : वैशाख २९, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?