बेलायत बसेर क्रिकेट प्रवद्र्धन

यू–१९ क्रिकेटमा नेपाल चम्किँदै थियो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा यू–१९ टिमको सफलताले नेपाली दंग थिए । विभिन्न जातजाति र भूगोलका नाममा विभाजित मनलाई जोड्ने एउटै माध्यम बनेको थियो क्रिकेट ।

बेलायत बसेर क्रिकेट प्रवद्र्धन

प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो

चेल्सीले शुक्रबार राति इङलिस प्रिमियर लिग उपाधि जितेको छ । उसले यसका लागि वेस्ट ब्रुमलाई १–० ले हरायो । त्यसमा मिचे बाट्सुयीले ८२ औं मिनेटमा गोल गरे । खेल बराबरीतर्फ अग्रसर हुने संकेत मिलेपछि एन्टोनिया कोन्टेको टिमले उपाधि जितेको खुसीयाली मनाउन अझै एक खेल कुर्नु पर्ने स्थिति बनेको थियो । तर खेल सकिन अगाडि चेल्सी निर्णायक गोल निकाल्न सफल रह्यो ।

प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो

एआईपीएसमा चौथोपल्ट मेर्लो

दक्षिण कोरियामा सम्पन्न विश्व खेलकुद पत्रकार महासंघ (एआईपीएस) को सम्मेलनले इटालीका जियानी मेर्लोलाई चौथोपल्ट निर्विरोध निर्वाचित गरेको छ ।

एनसीएसलाई शृंखला

नेपाल क्रिकेट स्कुल (एनसीएस) ले भारतको मुम्बईको पेयएड स्पोर्ट्स क्लबसँगको यू–१४ द्विपक्षीय होम एन्ड अवे शृंखला ३–० को अग्रतामा जितेको छ । एनसीएसले शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएका दुवै खेलमा विजय हात पार्दै ५ खेलको शृंखला आफ्नो पक्षमा परेको हो ।

वैकुण्ठसँगै दौड्ने बुद्धिया

दक्षिण एसियाली म्याराथनकै लेजेन्ड हुन्, वैकुण्ठ मानन्धर । बुद्धिया सिंह भने भारत ओडिसाका चर्चित धावक । उनी भर्खर १५ वर्षका भए । उनलाई विश्वकै सबैभन्दा कम उमेरका म्याराथन धावकमा पनि चिनिन्छ । उनले चार वर्षकै उमेरमा ६५ किलोमिटर दौडेर सनसनी मच्चाएका थिए ।

वैकुण्ठसँगै दौड्ने बुद्धिया

वेस्ट इन्डिज अझै पछाडि

वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शुक्रबार पाँच विकेट गुमाएर २ सय १८ रन बनाएको छ । डोमेनिकामा भएको खेलको पूरा दिन घरेलु टिमले सुस्त ब्याटिङ गरेको थियो ।

वेस्ट इन्डिज अझै पछाडि

प्ले अफ सम्भावनाका लागि पुनेले अझै कुर्नु पर्ने

राइजनिङ पुने सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिगमा प्ले अफ सम्भावनाका लागि अझै कुर्नु पर्ने भएको छ । शुक्रबार राति दिल्ली डेयर डेभल्सको हातबाट सात रनले पराजित भएपछि यस्तो भएको हो ।

प्ले अफ सम्भावनाका लागि पुनेले अझै कुर्नु पर्ने
वैशाख २९, २०७४

बायर्नको स्तर

युरोपेली फुटबलमा रियल म्याड्रिड र बार्सिलोनासँग दाँजिने टिम हो बायर्न म्युनिख । यो जर्मन क्लबले घरेलु बुन्डेस लिगामा एकछत्र राज गर्दै आएको छ र महादेशीय च्याम्पियन्स लिगमा पनि शानदार प्रदर्शन गरिरहेको छ । त्यसैले बायर्नका लागि जुनसुकै प्रतियोगितामा पनि मुख्य लक्ष्य ट्रफी चुम्ने नै हुने गरेको छ ।

बायर्नको स्तर

म्यानचेस्टर र एजाक्स युरोपा लिगको फाइनलमा

युरोपा लिगको फाइनल म्यानचेस्टर युनाइटेड र एजाक्सबीच हुने भएको छ । अब फाइनल मे २४ मा स्टकहोममा हुनेछ र त्यसको विजेता युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुनेछ । बिहीबार राति ओल्ड ट्रायफोर्डमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा म्यानचेस्टर र सेल्टा भिगोले १–१ बराबरी खेले । त्यसमा म्यानचेस्टरका लागि मउरोने फिलानी र स्पेनी क्लबका लागि फकुन्डो रोन्चागिलले गोल गरे ।

म्यानचेस्टर र एजाक्स युरोपा लिगको फाइनलमा

दक्षिण एसियाली यू–१२ टिम टेनिस

आईटीएफ एसियाली यू–१२ टिम च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट स्पर्धा सोमबार सुरु हुँदै छ । प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले बताइन् ।

शिवराम फेरि च्याम्पियन

नेपाली व्यावसाियक गल्फका सर्वाधिक सफल शिवराम श्रेष्ठले ३५ औं उपाधिको रुपमा बिहीबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको ट्रफी चुमेका छन् ।

शिवराम फेरि च्याम्पियन

प्रधानमन्त्री कप : विजेतालाई २० लाख

घरेलु नेपाली क्रिकेटमा वान डेका खेल नभएको तीन वर्ष छुन लागेको स्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) आफै अग्रसर भएको छ, प्रथम प्रधानमन्त्री कप ०७४ गर्न । देशको सर्वोच्च क्रिकेट निकाय निलम्बनको स्थितिमा रहेका बेला परिषद्ले सर्वाधिक पुरस्कार राशिको वान डे प्रतियोगिता जेठ ९ देखि आयोजना गर्न लागेको हो ।

एसियन युथ तथा जुनियर भारोत्तोलन नेपालमा

नेपाल भारोत्तोलन संघ फेरि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको छ । दुई वर्षअघि महाभूकम्पका कारण एसियाली प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेर पनि नेपालमा आयोजना हुन सकेको थिएन । नेपालमा हुने भनिएको सिनियर महिला/पुरुष एसियन भारोत्तोलन च्याम्पियनसिप पछि थाइल्यान्डमा सारिएको थियो ।

एसियन युथ तथा जुनियर भारोत्तोलन नेपालमा

पाकिस्तानका लागि अजरको शतक

पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको दोस्रो दिन बिहीबार आफ्नो पहिलो इनिङ्समा सबै विकेट गुमाउन अगाडि ३ सय ७६ रन बनाएको छ । त्यसमा प्रारम्भिक ब्याट्सम्यान अजर अलिले १ सय २७ रन बनाए ।