कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्ले अफ सम्भावनाका लागि पुनेले अझै कुर्नु पर्ने

काठमाडौं — राइजनिङ पुने सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिगमा प्ले अफ सम्भावनाका लागि अझै कुर्नु पर्ने भएको छ । शुक्रबार राति दिल्ली डेयर डेभल्सको हातबाट सात रनले पराजित भएपछि यस्तो भएको हो ।

प्ले अफ सम्भावनाका लागि पुनेले अझै कुर्नु पर्ने

पुने १६ अंकसहित तेस्रो स्थानमा छ । दिल्ली भने यसअघि नै प्ले सम्भावनाबाट बाहिरिसकेको छ । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
त्यसमा करुन नायरले सर्वाधिक ६४ रन बनाए । जवाफमा पुनेले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । पुनेका लागि मनोज तिवारीले ६० रनको योगदान दिए । 

प्रकाशित : वैशाख ३०, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?