वैकुण्ठसँगै दौड्ने बुद्धिया

काठमाडौं — दक्षिण एसियाली म्याराथनकै लेजेन्ड हुन्, वैकुण्ठ मानन्धर । बुद्धिया सिंह भने भारत ओडिसाका चर्चित धावक । उनी भर्खर १५ वर्षका भए । उनलाई विश्वकै सबैभन्दा कम उमेरका म्याराथन धावकमा पनि चिनिन्छ । उनले चार वर्षकै उमेरमा ६५ किलोमिटर दौडेर सनसनी मच्चाएका थिए ।

वैकुण्ठसँगै दौड्ने बुद्धिया

यिनै बुद्धिया नेपाल आउँदै छन् । उनी सँगै दौडने छन्, उनै वैकुण्ठसँग । अवसर रहेको छ, बुद्ध फ्लेम पिस टर्च रन । जेठ १ गते सोमबार हुने यस दौडमा वैकुण्ठ र बुद्धियासँग सिक्किमका अर्का चर्चित धावक अमर सुब्बा र लुम्बिनीकी चेली साह बानु खान हुनेछन् । दौड लुम्बिनीको मायादेवी बगैंचाबाट सुरु भई सगरमाथा आधारशिविरमा पुगेर टुंगिनेछ ।

यसबीच दौडमा सहभागी हुनेले स्वयम्भू र बौद्ध पनि परिक्रमा गर्नेछन् । दौड आयोजक रहेको छ, माउन्ट एभरेस्ट म्याराथन । यसलाई तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनका रूपमा पनि चिनिन्छ । ‘यो दौडले धार्मिक पयर्टन र खेलकुदबीचको सम्बन्धलाई अझ महत्त्व दिनेछ,’ आयोजक संस्थाका विक्रम पाण्डेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।

प्रकाशित : वैशाख ३०, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?