२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एआईपीएसमा चौथोपल्ट मेर्लो

काठमाडौं — दक्षिण कोरियामा सम्पन्न विश्व खेलकुद पत्रकार महासंघ (एआईपीएस) को सम्मेलनले इटालीका जियानी मेर्लोलाई चौथोपल्ट निर्विरोध निर्वाचित गरेको छ ।

विन्टर ओलम्पिक २०१८ को आयोजक सहर प्योङयाङमा शुक्रबार सम्पन्न ८० औं कंग्रेसले मेर्लाेलाई चुनेको हो । प्रथम उपाध्यक्षमा टर्कीका यिमिर र कोषाध्यक्षमा क्रोएसियाका जुरा ओजमेस निर्वाचित भए । उपाध्यक्षमा कतारका हिजी अल मोहम्मद, नाइजेरियाका मिचेल ओबी, पराग्वेका ग्राबियल काजानोभ, माल्टाका चार्स कामनेजुली, केन्याका इभेन्ट वाट, रसियाका निकोल डोलोगोपोल्भ र ग्रिसका ओनिस डारास चुनिए ।

चारवर्षे कार्यसमिति सदस्यमा इरानका सइद अहामी, हंगेरीका सुसाज, ब्राजिलका भिसेन्ट डाटोली, रोमानियाका इमानुयल, दक्षिण कोरियाका ही डोन जुङ, मलेसियाका अहमादी कवारी, अस्ट्रियाका जोसेफ लाङगेर, पाकिस्तानका अमजाद मलिक, मोरोक्कोका मोराद, स्पेनका हुँवा एन्टोनियो, फ्रान्सका जियन पल, जापानका किरोशी र स्लोभानियाका जोजे जिदार चुनिएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?