कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो

हिमेश बज्राचार्य

काठमाडौं — चेल्सीले शुक्रबार राति इङलिस प्रिमियर लिग उपाधि जितेको छ । उसले यसका लागि वेस्ट ब्रुमलाई १–० ले हरायो । त्यसमा मिचे बाट्सुयीले ८२ औं मिनेटमा गोल गरे । खेल बराबरीतर्फ अग्रसर हुने संकेत मिलेपछि एन्टोनिया कोन्टेको टिमले उपाधि जितेको खुसीयाली मनाउन अझै एक खेल कुर्नु पर्ने स्थिति बनेको थियो । तर खेल सकिन अगाडि चेल्सी निर्णायक गोल निकाल्न सफल रह्यो ।

प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो

चेल्सीले शुक्रबार राति इङलिस प्रिमियर लिग उपाधि जितेको छ । उसले यसका लागि वेस्ट ब्रुमलाई १–० ले हरायो । त्यसमा मिचे बाट्सुयीले ८२ औं मिनेटमा गोल गरे ।

खेल बराबरीतर्फ अग्रसर हुने संकेत मिलेपछि एन्टोनिया कोन्टेको टिमले उपाधि जितेको खुसीयाली मनाउन अझै एक खेल कुर्नु पर्ने स्थिति बनेको थियो । तर खेल सकिन अगाडि चेल्सी निर्णायक गोल निकाल्न सफल रह्यो ।

चेल्सीको ३६ खेलबाट ८७ अंक भएको छ र दुई खेल अगाडि नै लिग आफ्नो नाममा लेखाउन सफल भएको हो । दोस्रो स्थानमा रहेको टोटनहमको ३५ खेलबाट ७७ अंक छ ।
अब चेल्सीले आर्सनलविरुद्ध वेम्बलीमा मे २७ मा हुने एफएकपको फाइनल पनि खेल्नेछ र त्यो जितेर ऐतिहासिक कप डबलका लागि प्रयास गर्नेछ ।

प्रकाशित : वैशाख ३०, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?