कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाली खेलाडी पराजित

काठमाडौं — आईटीएफ एसियाली यू–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा मंगलबार नेपाली खेलाडीले पराजय भोगेका छन् ।

नेपाली खेलाडी पराजित

सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाली खेलाडी गल्र्सको समूह ‘ए’ मा भारतीय खेलाडीसँग ३–० ले पराजित भयो भने बंगलादेशसँग ब्वाइज टिमले हार बेहोरेको थियो ।

गल्र्समा नेपालबाट सर्भानी श्रेष्ठ र ईशाश्री शाहले सिंगल्समा प्रतिस्पर्धा गरेका थिए भने सर्भानी र सुभांगीलक्ष्मी शाहले डबल्समा खेलेका थिए । तीनै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भए ।

भारत र श्रीलंकाले दोहोरो र बंगलादेशले एक पाएका थिए । ब्वाइजको समूह ‘बी’ मा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्‍यो । सिंगल्समा बंगलादेशका मोहमद रोमन हुसेनले नेपालका आरभसम्राट हाडालाई ५–३, ४–१ ले हराए । अर्को सिंगल्समा नेपालका आर्यन गिरीले बंगलादेशका हसन माहादी अल्भेलाई १–४, ४–०, ४–१ ले हराउँदै खेल १–१ को बराबरी स्थितिमा ल्याए । तर डबल्समा भने आरभ र आर्यनको जोडी बंगलादेशी रोमन र जुवैद उत्सोसँग ५–४ (२), ४–२ ले पराजित भयो ।

ब्वाइजमै भारत र श्रीलंकाले भुटानलाई समान ३–० ले हरायो । श्रीलंकाले गल्र्समा पाकिस्तानलाई २–१ ले हरायो ।

सोमबार वर्षाले गर्दा पूरा हुन नसकेको खेल मंगलबार भएको थियो । त्यसमा ब्वाइजतर्फ नेपालले श्रीलंकालाई २–१, बंगलादेशले पाकिस्तानलाई २–१ र भुटानले माल्दिभ्सलाई ३–० तथा गल्र्समा बंगलादेशले भुटानलाई २–१ को नतिजामा हराएका थिए । श्रीलंकाविरुद्ध नेपालका आरभ र आर्यन कोर्टमा उत्रेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?