३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मारवाडी क्रिकेट आजदेखि

काठमाडौं — प्रथम मारवाडी सुपर एट क्रिकेट प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार सुरु हुँदै छ । देवीदास इभेन्ट्स एन्ड मिडिया प्रालिद्वारा आयोजित प्रतियोगितामा आठ टिम सहभागी छन् ।

लिगकम नकआउटका आधारमा हुने तीन दिन चल्ने स्पर्धामा सजनगोठ च्याम्प्स, राइडर्स, हाम्रो किचेन, आई स्टोर वारियर्स समूह ‘ए’ तथा टिप–टप, फाइटर्स, केबीएच नेपाल र कोचर रेन्जर्सले समूह ‘बी’ मा प्रतिस्पर्धा गर्दैछन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल जाने छन् ।

बास्केटबल टिम माले जाँदै
काठमाडौं (कास)– पाँचौं दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा नेपाली बास्केटबल टोलीले सहभागिता जनाउने भएको छ । सदीश प्रधानको कप्तानीमा रहने नेपाली टोलीमा सौरभ श्रेष्ठ, अजय कुसवाहा, विनोद महर्जन, विनोद श्रेष्ठ, केतन खड्का, मविन्द्र भण्डारी, विक्रम जोशी, रविन खत्री, असिम श्रेष्ठ, विजय बूर्जा र आयुष सिंह छन् । मे १९ देखि २३ सम्म हुने स्पर्धालाई नेपाली टोली बुधबार माल्दिभ्सको माले जानेछ ।  

५ देशका खेलाडी आउने
काठमाडौं (कास)– नेपाल सितोरियो कराते शाखा डोजो सामाखुसीको आयोजनामा तेस्रो आमन्त्रण कराते प्रतियोगिता बिहीबार हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र भुटानका खेलाडीले भाग लिने छन् । 

प्रकाशित : जेष्ठ ३, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?