१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुने आईपीएल फाइनलमा

काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल)मा राइजिङ पुने सुपरजायन्ट्स फाइनल पुग्ने पहिलो दिन भएको छ । मंगलबार रातिको क्वालिफायर वानमा उसले मुम्बई इन्डियन्सलाई २० रनले हरायो । मुम्बईको वानखाडे स्टेडियममा पहिले ब्याटिङ गरेको पुनेले २० ओभरमा चार विकेट गुमाएर १ सय ६२ रन बनायो ।

पुने आईपीएल फाइनलमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राइजिङ पुने सुपरजायन्ट्स फाइनल पुग्ने पहिलो दिन भएको छ । मंगलबार रातिको क्वालिफायर वानमा उसले मुम्बई इन्डियन्सलाई २० रनले हरायो ।

मुम्बईको वानखाडे स्टेडियममा पहिले ब्याटिङ गरेको पुनेले २० ओभरमा चार विकेट गुमाएर १ सय ६२ रन बनायो । त्यसमा मनोज तिवारीले ५८, अजिन्के रहानेले ५६ र महेन्द्रसिंह धोनीले ४० रनको योगदान दिए । जवाफमा मुम्बईले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि पार्थिव पटेलले ५२ रन बनाए । बुधबार इलिमिनेटरमा सनराइज हैदरावाद र कोलकाता नाइटराइडर्स भिड्दैछन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?