नेपाल र भारत मुम्बईमा खेल्ने

काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग ६ जुन (जेठ २३ गते) मा मुम्बईमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाल र भारत मुम्बईमा खेल्ने

अल इन्डिया फुटबल फेडेरेसन ९एआईएफएफ० को प्रस्तावअनुसार चिरपरिचित प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

 दुवै टिमले एसियन कप २०१९ छनोटमा प्रतिस्पर्धा गरिरहेका छन् र छनोटको दोस्रो खेलको लागि मुम्बईको प्रतिस्पर्धाले दुवैलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

नेपालले एसियन कप छनोटमा यमनसँग १३ जुनमा हलचोकमा प्रतिस्पर्धा गर्नेछ भने भारतले त्यही दिन किर्गिस्तानसँग बेङ्लोरमा खेल्नेछ ।

प्रकाशित : जेष्ठ ३, २०७४ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?