१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोलकाता क्वालिफायर–टुमा

काठमाडौं — कोलकाता नाइट राइडर्सले बुधबार राति इलिमिनेटरमा सनराइज हैदरावादलाई डर्क वर्थ लेविसअनुसार सात रनले हराएको छ । यस हारसँगै डिफेन्डिङ च्याम्पियन हैदरावादको चुनौती समाप्त भएको छ ।

कोलकाता क्वालिफायर–टुमा

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । खेल वर्षाले प्रभावित भएपछि कोलकाताले छ ओभरमा ४८ रनको नयाँ लक्ष्य पाएको थियो ।

त्यसलाई कोलकाताले ५.२ ओभर उपयोग गर्दै तीन विकेट गुमाएर पूरा गरेको थियो । अब फाइनल प्रवेशका लागि कोलकाताले क्वालिफायर–टुमा मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ । राइजिङ पुने सुपरजायन्ट्स यसअघि नै फाइनल पुगिसकेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?