कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

ब्वाइज टिम फाइनलमा

काठमाडौं — नेपाली ब्वाइज टिम राजधानीमा जारी आईटीएफ एसियाली यू–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा फाइनल पुगेको छ ।

ब्वाइज टिम फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई २–१ ले हरायो । फाइनल पुगेसँगै नेपाली टिम नोभेम्बरमा काजकिस्तानमा हुने आईटीएफ एसियाली यू–१२ टिम च्याम्पियनसिपलाई छानिएको छ ।

बंगलादेश पनि छनोट भयो । अर्को सेमिफाइनलमा बंगलादेशले भुटानलाई ३–० ले हराएर नेपालसँगको फाइनल भेट पक्का गर्‍यो । पहिलो सिंगल्समा आरभसम्राट हाडाले भारतका बालाजी निथिसलाई ६–२, ६–३ को सोझो सेटमा हराए । अर्कोमा आर्यन गिरी भारतका आयुशमान अर्जेरियासँग ६–१, ६–० को सोझो सेटमा पराजित भएपछि खेल बराबरी पुग्यो । निर्णायक डबल्स खेलमा भने आरभ र आर्यनको जोडीले आयुशमान र कृषाङ रघुवंशीलाई ७–५, ६–४ ले पन्छाए ।

नेपाली ब्वाइज टिमका प्रशिक्षक कृष्णराज घलेले सोचेभन्दा राम्रो नतिजा आएकोमा खुसी जनाउँदै भने, ‘भारत बलियो प्रतिद्वन्द्वी हो । घरेलु कोर्ट र खेलाडीले राम्रो प्रदर्शन गरेकाले जित सम्भव भयो ।’
गल्र्सतर्फ श्रीलंका र भारत फाइनल पुग्दै काजकिस्तान यात्रा पक्का गर्नु सफल भए । श्रीलंकाले नेपाल तथा भारतले बंगलादेशलाई समान ३–० ले हराए । नेपालबाट सिंगल्समा सर्भानी श्रेष्ठ र ईशाश्री शाह तथा डबल्समा ईशाश्री र सुभाङगीलक्ष्मी शाहले प्रतिस्पर्धा गरेका थिए । तीनै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भए ।

प्रकाशित : जेष्ठ ५, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?