कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सटलटाइमका लागि अस्ट्रेलियातर्फ

काठमाडौं — सटलटाइम कार्यक्रमअन्तर्गत १० सदस्यीय नेपाली ब्याडमिन्टन टोली शुक्रबार अस्ट्रेलिया जाँदै छ । सटलटाइम कनेक्ट प्रोग्रामका लागि विभिन्न विद्यालयका ७ युथ खेलाडीसहितको नेपाली टिम अस्ट्रेलिया जान लागेको हो ।

सटलटाइम एउटा अन्तर्राष्ट्रिय विद्यालय ब्याडमिन्टन कार्यक्रम हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था स्पोर्ट्स म्याटरसँग मिलेर विश्व ब्याडमिन्टन संघले १ सय ८ देशमा यो कार्यक्रम चलाइरहेको छ । अस्ट्रेलियन ब्याडमिन्टनले नेपालमा एउटा नवीन कार्यक्रमको रुपमा यसलाई ल्याएको हो ।

जसअनुसार नेपालका सात विद्यालयका खेलाडीले अस्ट्रेलियाका विभिन्न सात विद्यालयमा गएर ब्याडमिन्टनसहित संस्कृति, शिक्षालगायतका कार्यक्रम आदानप्रदान गर्नेछन् । नेपालबाट वागेश्वरी स्कुलकी विजया माका, बासुकी प्रसिद्धि अगान्जा, जनसेवाकी रश्मी महर्जन, रत्नराज्यका सुजन खाका, कालिकाशरणकी शैली शाह, सीतारामका अम्बरबहादुर मगर र बाल विकासकी युनिका निरौला छन् ।
कार्यक्रमका नेपाल संयोजक दीपक थापाको नेतृत्वमा अस्ट्रेलिया जाने टोलीमा शिक्षक मनोज आचार्यसहित निजी खर्चमा ब्याडमिन्टन टोलीका पदाधिकारी र खेलाडीका अभिभावक पनि छन् ।

काठमाडौं र भक्तपुरका ४० विद्यालयका २ सय विद्यार्थीबाट ७ खेलाडी छनोट गरिएको संयोजक थापाले बताए । उनका अनुसार कार्यक्रमको निर्देशनबमोजिम अधिकांश सरकारी विद्यालयबाट खेलाडी छनोट गरिएको हो ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?