१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मकवानपुर एकेडेमी च्याम्पियन

काठमाडौं — मकवानपुर क्रिकेट एकेडेमी शनिबार पहिलो स्पोन्सर यू–१६ एकेडेमी कप क्रिकेट च्याम्पियन भएको छ । एकेडेमीले फाइनलमा नेपाल क्रिकेट स्कुल (एनसीएस) युनाइटेडलाई ४१ रनले हरायो ।

मकवानपुर एकेडेमी च्याम्पियन

टस जितेको मकवानपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८ रन बनायो । जवाफमा क्रिकेट स्कुल १५.५ ओभरमा ६७ रनमै समेटियो । मकवानपुरका शुभ कंसाकारले अलराउन्ड प्रदर्शन गरे । उनले ३१ रनका साथै ३ विकेट लिएका थिए ।

विजेताले ७५ हजार र उपविजेताले ३० हजार नगद पुरस्कार र ट्रफी जिते । प्लेयर अफ द टुर्नामेन्ट मकवानपुरका शंकर गजुरेल भए । उनले फाइनलमा ३ विकेट लिएका थिए । वेस्ट बलर पोखराका मेखबहादुर सेन र बेस्ट ब्याट्सम्यान क्रिकेट स्कुलका ऋत गौतम भए । प्रभावशाली खेलाडीमा जनम गोदार चुनिए ।

प्रकाशित : असार ४, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?