पदकधारी सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौं — नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ । १५ औं जापान खुला तेक्वान्दोका स्वर्ण विजेता विवेक श्रेष्ठ र प्रजुन कुइँकेल, अस्ट्रेलियामा सम्पन्न गोल्डकोस्ट खुला तेक्वान्दोका स्वर्ण विजेता अशोक खड्का र भुटानमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दोका स्वर्ण विजेता पुष्पप्रसाद गौतम नगदसहित सम्मानित भए ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले अन्तर्राष्ट्रिय पदक विजेताआफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ । १५ औं जापान खुला तेक्वान्दोका स्वर्ण विजेता विवेक श्रेष्ठ र प्रजुन कुइँकेल, अस्ट्रेलियामा सम्पन्न गोल्डकोस्ट खुला तेक्वान्दोका स्वर्ण विजेता अशोक खड्का र भुटानमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दोका स्वर्ण विजेता पुष्पप्रसाद गौतम नगदसहित सम्मानित भए ।

प्रकाशित : असार ४, २०७४ ०९:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

धादिङ समाजलाई लिग

कान्तिपुर संवाददाता

धादिङ — सातौं एन्फा जिल्ला लिग फुटलबलको उपाधि धादिङ समाज धादिङले जितेको छ । शनिबार गलौदीस्थित मैदानमा समाजले गजुरी सामुदायिक विकास समाजलाई २–० ले हराएको थियो । धादिङ समाजबाट गोपी भण्डारी र रवि भण्डारीले गोल गरेका थिए ।

१२ टिम सहभागी प्रतियोगिताको उत्कृष्ट खेलाडीमा रवि भण्डारी, वेस्ट स्ट्राइकरम गोपी भण्डारी, उदीयमान खेलाडीमा गजुरीका विजय तामाङ, उत्कृष्ट डिफेन्डरमा धुनीबेसीका विवेक भण्डारी चुनिए । त्यस्तै उच्च गोलकर्ता विजेताका विपिन कँडेल भए भने उत्कृष्ट प्रशिक्षक विजेता टिमकै सन्तोष थापा भए । विजेताले ४१ र उपविजेताले २१ हजार पुरस्कार पाए । विजेतालाई प्रमुख सेनानी सुनीलसिंह राठौर, आयोजक जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दीपक खतिवडा लगायतले पुरस्कृत गरे ।

प्रकाशित : असार ४, २०७४ ०९:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT