३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतलाई ३ सय ३९ रनको लक्ष्य

लन्डन् (एएफपी) — डिफेन्डिङ च्याम्पियन भारतले च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता जित्न ३ सय ३९ रनको लक्ष्य पाएको छ । ओवल मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले फाइनलमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाई ३ सय ३८ रन बनायो ।

भारतलाई ३ सय ३९ रनको लक्ष्य

आफ्नो केवल चौथो वान डे अन्तर्राष्ट्रिय खेल्दै गरेका फाखर जमानले १ सय १४ रन बनाई पाकिस्तानलाई राम्रो स्थितिमा उभ्याए । यो उनको पहिलो वान डे शतक पनि हो । उनले ३ रनमै क्याच दिन पुगेका थिए, तर त्यो नो बल थियो ।

जमानले ओपनर अजहर अलीसँग पहिलो विकेटमा २३ ओभर भित्र १ सय २८ रन जोडी पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए । अली ७१ बल खेली ६ चौका र १ छक्का प्रहार गरी ५९ रनमा रनआउट भए । जमानले त्यसपछि बाबर आजमसँग दोस्रो विकेटमा ७८ रन जोडे । ५२ बल खेली ४ चौका प्रहार गरेका आजमलाई केदार यादवले आउट गरे ।

पूर्व कप्तान सोएव मलिक १२ रन बनाई भुवनेश्वर कुमारको बलमा आउट भए । मोहम्मद हफिज ५७ र इमाद वासिमले २५ रनको नटआउट इनिङ्स खेल्दै पाँचौं विकेटमा ७१ रनको साझेदारी गरे । हफिजले ३७ बल खेली ४ चौका र ३ छक्का तथा वसिमले २१ बल खेली १ चौका र १ छक्का प्रहार गरे ।

प्रकाशित : असार ४, २०७४ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?